Thursday, April 8th, 2021
‘हिटलर र यहुदी’ मा मानव चेतना
tamang online

डा. विपिन अधिकारी उपन्यासकार विश्वेश्वरप्रसाद कोइरालाको राजनीतिक दर्शनको एउटा दरिलो पाटो उनको ‘हिटलर र यहुदी’ भन्ने सानो उपन्यासमा पाउन सकिन्छ । यस उपन्यासको पृष्ठभूमि दोस्रो विश्वयुद्ध हो । पहिलो विश्वयुद्धले सिर्जना गरेको सामरिक गुटबन्दी, उपनिवेशवाद, हतियारहरूको प्रदर्शन तथा राष्ट्रवादको लडाइँको निरन्तरताका रूपमा इतिहासमा हिटलरको उदय भएको हो । उनले राष्ट्रवादलाई विकृत रूपमा नश्लवादमा प्रवेश गराए । हिटलरको भनाइ थियो उनको मुलुक जर्मनी संसारको सबैभन्दा ठूलो शक्ति राष्ट्र हुन्छ वा देशका रूपमै रहँदैन । यसका लागि लडाइँ लड्नुपर्छ, नलड्नेलाई बाँच्ने अधिकार छैन । राष्ट्रिय, समाजवादको सैद्धान्तिक आवरणमा पहिलो विश्वयुद्धपछि जर्मनीमा स्थापना