तपाईं अहिले ताजा समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
झापाली समाज इजरायलकाे चाैथाै अधिवेशन सम्पन्न ,अध्यक्षमा माला योन्जन तामाङ

तेलअविव – कोभिड -१९ का कारण झापाली समाज इजरायलकाे चाैथाै अधिवेशन प्रत्यक्ष हुन नसके पनि जुम भर्चुअल मार्फत भव्य रूपमा सम्पन्न भएकाे छ । संस्थाका निवर्तमान अध्यक्ष सन्दिप भन्डारीको सभापतित्व संचालन भएको कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदुतवास इजरायलका महामहिम राजदुत डा. अन्जान शाक्य,विशिष्ट अतिथिमा अन्तराष्ट्रिय झापाली समाजका अध्यक्ष छत्र सुब्बा, इजरयलमा रहेका विभिन्न संघ सस्थाहरुका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । सस्थाकी निबर्तमान सचिव मुना अधिकारीले स्वागत गीत मार्फत
अन्तर्राष्ट्रिय तामाङ पुरुष भेषभुषा फोटो प्रतियोगिताको नतिजा घोषणा

तेलअविव – नेपाल तामाङ घेदुङ इजरायलद्वारा तामाङ समुदायको धार्मिक तथा सांस्कृतिक महान राष्ट्रिय नेपाली पर्व मन्जुश्री संवत् २८५७ सोनाम ल्होछारम्हे, लाङ ल्हो अर्थात गाई बर्गको पावन अवसरमा आयोजित अन्तर्राष्ट्रिय तामाङ पुरुष भेषभुषा फोटो प्रतियोगिता २०२१ को नतिजा घोषणा गरेको छ | संस्थाद्वारा अनलाइन भर्चुअल मार्फत आयोजित सोनाम ल्होछार शुभकामनाको आदानप्रदान कार्यक्रम मार्फत अन्तर्राष्ट्रिय तामाङ पुरुष भेषभुषा फोटो प्रतियोगिताका संयोजक नानीमाया योन्जन तामाङले सार्वजनिक गरिएको नतिजा अनुसार बिजेताहरुमा प्रथम प्रतियोगी नं. (३
दिल्लीस्थित इजरायलको दुतावास नजिकै बम विस्फोट

१६ माघ – दिल्लीस्थित इजरायलको दुतावास नजिकै बम विस्फोट भएको छ । शुक्रबार साँझ दूतावास नजिकै बम विस्फोट भएको हो । विस्फोटबाट ५ वटा कारमा नोक्सान पुगेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । घटनामा कोही पनि घाइते भएको खबर नआएको बताइएको छ । अहिले प्रहरीको टोली घटनास्थल पुगेको छ भने हवाई देखि सरकारी भवनको गस्ती पनि गरिरहेको छ । विस्फोट भएको स्थानबाट इजरायलको दुतावास १ सय ५० मिटरको दूरीमा छ ।
शेर्पा संघ इजरायलले अनलाइन मार्फत ग्याल्पो ल्होसारको शुभकामना आदानप्रदान गर्ने

तेलअविव – शेर्पा संघ इजरायलले ‘विश्व भरी छरिएर रहेको सम्पुर्ण शेर्पा हरुको एकता, कला भाषा संस्कृतिको संरक्षण र संवर्द्दन आजको आवश्यकता’ भन्ने मुल नाराको साथ बौद्द धर्मावलम्बीहरुको महान नेपाली राष्ट्रीय चाड २१४८ औं च्या- मो लाङ ल्हो ग्याल्पो ल्होसार- २०७७ शुभकामना आदान-प्रदान कार्यक्रम आउदो फेव्रुवरी १४ तारीख़ आईतबारको दिन जुम भर्चुअल अनलाइ मार्फत गर्ने भएको छ | अहिलेको कोभिड-१९ को परिस्थितिलाई मध्यनजर गर्दै प्रत्येक बर्ष झैं येसपाली लोसार कार्यक्रम प्रत्यक्ष गर्न
नेपाल तामाङ घेदुङ कुर्दिस्तानको दोस्रो अधिवेशन हुदै

याम्बु – नेपाल तामाङ घेदुङ कुर्दिस्तानको दोस्रो अधिवेशन आज हुदैछ | तामाङ भाषा,धर्म,संस्कार,संस्कृति,भेषभुषालाई जगेर्ना गरौँ, इराक कुर्दिस्तान भरि छरिएर बस्नु भएका सिङ्गो तामाङ दाजुभाइ तथा दिदिबहिनीहरुलाई एकीकृत गरौँ”भन्ने मूल नाराका साथ स्थापना भएको नेपाल तामाङ घेदुङ कुर्दिस्तानको दोस्रो अधिवेशन सिटि स्टार क्याफेमा बिहान साढे दश बजे देखि हुने भएको छ |
नेपाल आदिवासी जनजाति महासंघ कतारको अध्यक्षमा पुरुषोत्तम सुनुवार चयन

याम्बु – नेपाल आदिवासी जनजाति महासंघ कतारको अध्यक्षमा पुरुषोत्तम सुनुवार चयन भएका छन् । शिव कुमार भुजेलको सभापतित्व र नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) केन्द्रीय अध्यक्ष जगत बरामको प्रमुख आतिथ्यमा सम्पन्न आठौं अधिवेशनले अध्यक्षमा पुरुषोत्तम सुनुवारलाई चयन गरेको हो । बरिस्ठ उपाध्यक्षमा भाइकाजी गुरुङ, प्रथम उपाध्यक्षमा राम कुमार मण्डल र द्वितीय उपाध्यक्षमा राजेन्द्र साम्याङ्खाम चयन भएका छन् । यसैगरी महासचिवमा एकराज राई, उपमहासचिवमा धिरेन तामाङ र सचिवमा युवराज भुजेल चुनिएका
चुम्लुङ इजरायलले चासोक तङनाम मनाउदै

तेलअविव – किराँत याक्थुङ चुम्लुङ इजरायलले मौलिक महान पर्व चासोक तङनाम( न्वांगी पुजा) आउँदो जनवरी १ तारिख २०२१ (शुक्रवार ) साँझ ७ बजे तेल अभिव स्थित लेभेन्स्की ९९ भवनको ८औं तलामा बिधिवत रुपमा मनाउने भएको छ | अनौपचारिक रुपमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको हुँदा (COVID 19)को प्रतिकुल वातावरणलाई मध्यनजर गर्दै आफुलाई समय अनुकुल उपस्तिथित हुन/गराउन सक्नुहुने याक्थुङ दिदिबहिनी तथा दाजुभाइहरुमा आफ्नो मौलिक भेषभुषा/गरगहानामा उपस्थितिको निम्ति हार्दिक निमन्त्रणा गरेको छ