तपाईं अहिले Slideshow सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
नेफिन इजरायलको दशौं बार्षिकोत्सव तथा साधारण सभा हुने

तेलअविव – नेपाल आदिवासी जनजाति महासंघ इजरायलको “विश्वका आदिवासी जनजाति एक हौं आफ्नो भेषभुषा, भाषा, लिपी, कला, संस्कृतिको संरक्षण तथा सम्बर्द्धन गरौं ” भन्ने मुल नाराका साथ दशौं बार्षिकोत्सव तथा साधारण सभा कार्यक्रम गर्ने भएको छ | आगामी 2022 जुन 17 शुक्रवार(नेपाल संवत् :- ११४२ तछलागा तृतीया) तेलअविव स्थित लेवेन्स्कि 99 (नयाँ विल्डिङ्ग ८ औ तला ) साझ्ँ 7:30 बजे देखि सुरु हुने नेफिन इजरायलकी महासचिव राजकुमारी श्रेष्ठले जानकारी दिनु
इजरायलमा २५६६ औं बुद्धजयन्ती तथा उभौली पर्वको शुभकामना आदानप्रदान कार्यक्रम हुने

तेलअविव – नेपाली दुतावास इजरायलले २५६६ औं बुद्धजयन्ती तथा उभौली पर्वको अवसरमा देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरु (खासगरी ईजरायल र साईप्रसवासी) मा सुख, शान्ति मिलोस् भनी कामना व्यक्त गरेको छ | साथै, यस दूतावासले ईजरायलवासी नेपालीहरुसँगको सहकार्यमा आगामी शनिबार विहान ११:३० बजेदेखि तेल अविव लेवेन्स्की पार्क (HaGdud Halvri 50, Tel Aviv) मा औपचारिक शुभकामना आदान-प्रदान कार्यक्रम गर्न लागेको हुँदा उक्त कार्यक्रममा उपस्थितिका लागि ईजरायलमा क्रियाशील नेपाली संघसंस्थाका प्रतिनिधिहरु, मिडियाकर्मी लगायत
इजरायलमा नेपाली राष्ट्रिय कलाकार सहित उभौली साकेला येलेदोंङ ५०८२ भव्य रुपमा मनाउने

तेलअविव – किराँत राई यायोख्खा इजरायलले किराँतीहरूको महान चाड उभौली साकेलाको शुभ उपलक्ष्यमा आगामी २० मे २०२२ तारिख (शुक्रबार) नेपाली राष्ट्रिय कलाकार सहित “उभौली साकेला येलेदोंङ् ५०८२ तथा वार्षिकोत्सव ” कार्यक्रम तेलअविव स्थित यादहारुचिम -१५ इभ हलमा भव्यताको साथ मनाउने भएको छ | कार्यक्रमको लागि नेपालबाट नेपाली राष्ट्रिय कलाकार कलादेवी राई,रुप कुमार राई र महेन्द्र राईलाई आमन्त्रण गरिएको किराँत राई यायोख्खा इजरायलले तामाङअनलाइनलाई जानकारी दिनु भएको छ | इजरायलमा कार्यरत
इजरायलमा प्रथम शहिद लखन थापा मगरको १४५ औं स्मृति दिवश मनाउदै

तेलअविव – नेपाल आदिवासी जनजाती महासंघ इजरायलको आयोजनामा प्रथम शहिद क्याप्टेन लखन थापा मगरको १४५ औं स्मृति दिवशको अवसरमा “शहिदको बलिदान र राज्यको दायित्व ” विषयक जुम अनलाइन भर्चुअल कार्यक्रम २०७८ गर्ने भएको संस्थाकी प्रथम सचिव रेखा तमूस्योले जानकारी दिनु भएको छ | कार्यक्रम १४ फेब्रुअरी २०२२ (सोमबार) इजरायलली समय अनुसार दिउँसो २:३० बजे (नेपाली समय साँझ ६ : १५ बजे) इजरायलका लागि कार्यवाहक राजदुत अर्जुन घिमिरेको प्रमुख आतिथ्यतामा र
तामाङ समाज पोर्चुगलको छैटौं अधिवेशन सम्पन्न,अध्यक्षमा सुजन लामा तामाङ

याम्बु – तामाङ समाज पोर्चुगलको छैटौं अधिवेशन आइतबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष मिग्मार लामा तामाङको सभापतित्वमा संचालन भएको कार्यक्रममा प्रमुख अतिथि अन्तर्राष्ट्रिय तामाङ परिषद अध्यक्ष काजीमान तामाङ तितुङ, विशेष अतिथि लिस्बनका लागि अवैतनिक नेपाली महाबाणिज्यदूत मकर बहादुर हमाल, एनआरएनए पोर्चुगलका अध्यक्ष रबिन अधिकारी , नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगलका अध्यक्ष हेम गुरुङ,अन्तर्राष्ट्रिय तामाङ परिषद युरोपका अध्यक्ष बी बी लामा तामाङ लगायत पोर्चुगलस्थित विभिन्न संघ-संस्थाका प्रतिनिधिहरु, तामाङ समुदायका विभिन्न
तामाङ समाज स्विट्ज़रलैंडको प्रथम अधिवेशन सम्पन्न,अध्यक्षमा केरसिङ तामाङ

याम्बु – स्विट्ज़रलैंडमा बसोवास गर्नुहुने तामाङ समुदायले मंजुश्री संवत् २८५८ च्यान ल्हो /बाघ बर्ग सोनाम ल्होसारको उपलक्ष्यमा एभेरेष्ट रेस्टोरेन्ट एस.टी गालेनमा शुभकामना आदनप्रदान र ल्होसार पुजा कार्यक्रम संगै तामाङ समाज स्विट्ज़रलैंडको प्रथम अधिवेशन सम्पन्न गरेको छ | तामाङ समाज स्विट्ज़रलैंडको प्रथम अधिवेशनबाट अध्यक्ष पदमा निर्विरोध केरसिङ तामाङ चयन हुनु भएको छ | नवनिर्वाचित पदाधिकारीहरुमा अध्यक्ष- केर सिङ तामाङ,उपाध्यक्षद्वय सन्जु तामाङ र गोपाल तामाङ,महासचिव- प्रदिप तामाङ,सचिव- सुनिता तामाङ,कोषाध्यक्ष- माया तामाङ,सदस्यहरुमा इमान
हार्दिक निमन्त्रणा !

नेपाल तामाङ घेदुङ, इजरायलद्वारा राष्ट्रिय सोनाम ल्होछार २८५८ च्यान /ताक ल्हो (बाघ वर्ग ) स्थानीय नेपाली कलाकारहरुको साथमा जोडदार सांस्कृतिक कार्यक्रम सहित मनाउन गईरहेको हुँदा इजरायलवासी सम्पूर्ण नेपालीहरुमा गरिमामय उपस्थितको लागि हार्दिक निमन्त्रणा गर्दछौ | कार्यक्रम :- मिति :- २०२२ फेब्रुअरी ११ तारिख (शुक्रबार) समय :- साँझ ६:०० देखि सुरु स्थान:- याद्खारुचिम १५ EVE हल तेलअविव,इजरायल आयोजक: नेपाल तामाङ घेदुङ,इजरायल