तपाईं अहिले शिक्षा स्वास्थ्य जिबनशैली सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै

याम्बु- भक्तपुर सुर्यबिनायकको आर्शिवाद कोरियन भाषा स्कुलमा नयाँ सेसनका लागि कक्षा सञ्चालन हुने भएको छ । विगतमा प्रसिद्ध रहेको यस स्कुलमा वरिष्ठ कोरियन भाषा प्रशिक्षक हरी बस्नेतद्धारा कक्षा सञ्चालन हुने छ । कोरियन भाषा सजिलै बुझिने र परीक्षामा पास हुने गरी आर्शिवादले अध्यापन गराउने स्कुल सञ्चालक तस्विर लामा तामाङले जानकारी दिए । उनका अनुसार विद्यार्थीहरुलाई सहज ढंगबाट अध्ययन तथा अध्यापन गराउने छ । साथै थप जानकारीका लागि ९८१८७८९७७७ मा फोन
मातृभाषामा पठनपाठन गराउने शैक्षिक संस्थाहरूलाई अनुदान दिइने

याम्बु -सरकारले स्थानीय मातृभाषामा पठनपाठन गराउने शैक्षिक संस्थाहरूलाई अनुदान दिने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले संसदमा बजेट प्रस्तुत गर्दै उक्त क्षेत्रको लागि अनुदान दिइने बताएका हुन्। यो नियम सरकारी र निजी दुवैथरी शैक्षिक संस्थामा लागू हुने भएको छ।
किन हुन्छ डिप्रेशन ? के हो यसको उपचार ?

डा आशिष दत्त मानसिक रोग विशेषज्ञ डिप्रेसन अर्थात् दिग्दारी रोगले यतिवेला नेपालमा मात्रै होइन, विश्वभर नै आफ्नो प्रभाव बढाउँदै गएको छ। विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांकले संसारभर कुल जनसंख्याको १० प्रतिशतभन्दा बढी मानिसलाई डिप्रेसन भएको जनाएको छ। डिप्रेसन कम कडा खालको मानसिक रोग हो। अर्को शब्दमा दिग्दारी रोग हो। सधैँ दिग्दार देखिने अर्थात् निराश देखिने रोग हो। अवस्था कस्तो खालको आएको छ दैनिक जीवनमा त्यसको आधारमा बिभिन्न अवस्थाबाट हाम्रो मन
इजरायलद्वारा कोरोनाविरुद्धको भ्याक्सिन विकास गरेको दाबी

तेलअविव – इजरायलले कोरोनाभाइरसविरुद्ध प्रभावकारी असर गर्ने भ्याक्सिन विकास गरेको दाबी गरेको छ। इजरायलले विकास गरिएको भनिएको भ्याक्सिनलाई मावनपरीक्षण गर्न सरकारी अनुमतिको पर्खाइमा रहेको जनाएको छ। यो भ्याक्सिनको मानवपरीक्षणलाई सम्भवत शरदकालीन छुट्टीपछि गर्न सकिने जनाइएको छ। इजरायलका रक्षामन्त्री बेनी गान्टजले इजरायल इन्स्टिच्युट अफ बायोलोजिकल रिसर्चको भ्रमणको गरिसकेपछि यो भ्याक्सिनका बारेमा जानकारी लिएका छन्। इन्स्टिच्युटका निर्देशक प्राध्यापक स्यामुयल शपिराले मन्त्री गान्जटलाई यो नयाँ इजरायली भ्याक्सिनका बारेमा जानकारी दिएका थिए। इजरायलको रक्षा
इजरायल सरकारले नेपाललाई कोरोना नियन्त्रणका लागि स्वास्थ्य सामग्री प्रदान

याम्बु – कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि इजरायल सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । नेपालका लागि इजरायलका राजदूत बेनी ओमेरले कोरोना रोकथामका लागि पीपीई सेट, थर्मोमिटर, पन्जा, सर्जिकल मास्क, स्यानिटाइजर, सोडियम डिसइन्फेक्टेड लगायतका सामग्री उपलब्ध गराएका छन् । राजदूत ओमेरले मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई उक्त सामग्रीहरु उपलब्ध गराएका हुन् । सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री ढकालले महामारीको चपेटामा रहेको बेला इजरायल