तपाईं अहिले समाज सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
दुई युवतीको ठगीधन्दा- टिकटकमा फ्यान भन्दै फलो गर्ने,डिभी परेको छ भनेर युवक फसाउने !

याम्बु – टिकटक, फेसबुकलगायत सामाजिक सन्जालमा युवाहरुलाई फलो गरेर पछि नजिक हुने र अमेरिकाको डिभी परेको छ भनेर प्रलोभन बाँड्दै ठगी गरेको आरोपमा दुई जना युवती पक्राउ परेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले २७ वर्षीया कोपिला शर्मा र १९ वर्षीया अमिशा केसीलाई पक्राउ गरेको हो। दुवै जना बाग्लुङको काठेगाउँपालिका-२ का हुन्। उनीहरु भक्तपुरको रोजभिलेज कोलोनीमा बस्दै आएका थिए। उनीहरुविरुद्ध ६ लाख ६० हजार रुपैयाँ ठगी गरेको आरोप छ। महाशाखाका
नमस्ते नेपाल हातेमालो सामाजिक संस्था इजरायल अध्यक्षमा चिनु सुवेदी निर्वाचित

तेलअविव – मनोरञ्जन परोपकार र लगानी क्षेत्रको पहिचान नमस्ते नेपाल हाते मालो सामाजिक संस्थाको अभियान भन्ने नाराका साथ स्थापना भई दुखिपीडितहरुको सेवामा समर्पित नमस्ते नेपाल हातेमालो सामाजिक संस्था इजरायल शाखाको छैठौं अधिबेसन भर्चुअल जुम अनलाइन मार्फत सम्पन्न गरेको छ । संस्थाको जेष्ठ आजीवन सदस्य वर्ष ६५ को लक्ष्मी बहादुर श्रेष्ठको प्रमुख आथित्यमा भएको थियो । संस्थाको उपाध्यक्ष कुमार पौडेलले स्वागत मन्तव्य राखेका राखेका थिए भने संस्थापक केन्द्रिय सल्लाहकार राजकुमारी
मन्त्रालयभित्रै पर्यटनमन्त्री भट्टराईको छड्के,कर्मचारी नदेखेपछि महाशाखाका प्रमुख तामाङप्रति रुष्ट

याम्बु – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मंगलबार मन्त्रालयमा छड्के निरीक्षण गरेका छन्। मन्त्री भट्टराईले आफू मातहत रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विभिन्न शाखाहरुमा मंगलबार छड्के निरीक्षण गरेका हुन्। निरीक्षणको क्रममा केही शाखामा कर्मचारीहरुको अनुपस्थिति रहेको पाइएपछि मन्त्री भट्टराईले कर्मचारी महाशाखाका प्रमुख/सहसचिव रुद्रसिह तामाङलाई कर्मचारी के कारणले उपस्थित हुन नसकेको हो भनी जवाफ खोजेका थिए। उनले तामाङलाई कर्मचारी नियमित रुपमा कार्यालय समयमा उपस्थिति हुने ब्यवस्था
नेपालमा प्रहरीले चितुवालाई दाम्लोमा बाँधेर बाटोमा लुरुलुरु हिँडाएको भाइराल (भिडियोसहित)

याम्बु – सामाजिक सञ्जालमा एक प्रहरीले दाम्लोले चितवालाई बाँधेर हिँडाएको भाइराल भएको छ । भिडियोमा एउटा चितुवालाई दाम्लोमा बाँधेर सडकमा हिँडाइएको छ । चितुवा सँगसँगै मान्छेको भीड पनि हिँडिरहेको छ। नाम्लोमा बाँधेर चितुवालाई डोर्याउदै हिड्ने प्रहरी हुन अस्थायी ट्राफिक प्रहरी पोस्ट मिलन चोकका प्रहरी जवान अनिल कार्की हुन् । दृश्यमा खसीबोका वा घरपालुवा कुकुरलाई डुलाएजस्तो दाम्लोमा बाँधिएको चितुवा लुरुलुरु हिँडिरहेको छ । सोमबार अपरान्ह साढे ४ बजेतिर पर्वतको जलजला गाउँपालिका–७
सुत्केरीको खोजी: छोरी जन्मिए रु १० हजार

जाजरकोट । जुनीचाँदे गाउँपालिका–२ की सिर्जना शाही सुत्केरी भएको हप्ता दिन नबित्दै गाउँपालिकाका कार्यवाहक अध्यक्ष शिवा आचार्य उनको घर दैलोमा पुगे। गाउँपालिकाको कार्यालय र गाउँमा औपचारिक कार्यक्रममा मात्र भेटिने कार्यवाहक अध्यक्ष आचार्य घरमै पुगेर सञ्चो, बिसञ्चो सोध्दै परिवारका सबैलाई सँगै राखेर सुरक्षित सुत्केरी तथा नियमित गर्भजाँचका विषयमा चासो, चिन्ता लिँदा दङ्ग भएको शाहीले बताए। यसपाला गाउँपालिकाका कार्यवाहक अध्यक्ष आएर सबै परिवारलाई सँगै राखेर नियमित अस्पताल जाने, बच्चाको स्याहारसुसारका विषयमा कुरा
इजरायलबाट राष्ट्रीय आविष्कार केन्द्रलाई आर्थिक सहयोग प्रदान

तेलअविव – नेपालमै पहिलो पटक डा. महाबिर पुन ज्यू द्वारा स्थापना गरिएको राष्ट्रीय आविष्कार केन्द्रको बिकाश र प्रबर्दनको लागि विदेशी भूमीमा स्थापना गरिएको प्रवासी सृजनशिल महिला समूह इजरायलले एक लाख अठचालिस हजार चार सय सात रूपियाँ हार्थिक सहयोग प्रदान गरेको छ । आविष्कार केन्द्रले आगामी दिनमा नेपाललाई आत्मनिर्भरता तर्फ़ अगाडि बढ़ाऊँन पक्कै सहयोग पूर्याउने छ भन्ने बिश्वासका साथ सबैको सहयोगले मात्र राष्ट्रीय आविष्कार केन्द्र अगाडि बढ़ने सोचेर सानो सहयोग गरेका