तपाईं अहिले समाज सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
पर्सा जिल्लाभर निषेधाज्ञा आवश्यकता देखिएन : प्रजिअ तामाङ

वीरगञ्ज । पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले निषेधाज्ञाको मोडलमा परिवर्तन गरिने बताएका छन् । कोरोना भाइरस संक्रमण नियन्त्रण र रोकथामका लागि निषेधाज्ञा जरुरी देखिए पनि जिल्लाभर आवश्यकता नभएकाले परिमार्जन गर्नुपर्ने बताए । बिहीबार पत्रकारसँगको कुराकानीमा प्रजिअ तामाङले वीरगञ्जको पश्चिमतर्फ विन्दबासिनी कटेपछि निषेधाज्ञा आवश्यक छ वा छैन भन्ने विषयमा सरोकारवालासँग छलफल भइरहेको बताए । ‘पर्सामा सबै ठाउँमा निषेधाज्ञा जरुरी देखिएन, मोडिफाई गर्न जरुरी छ । संक्रमण फैलिएको ठाउँमा नो मुभमेन्ट
भ्रामक समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ – कुलमान घिसिङ

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७३ भदौ २९ को निर्णयबाट प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः ४ वर्षका लागि नियुक्त गरेको भ्रामक समाचार तथा सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । बिहीबार घिसिङले विज्ञप्ति जारी गर्दै मेरो ४ वर्षे कार्यकाल सकिनै लाग्दा अर्को कार्यकालका लागि पुनर्नियुक्तिको विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनलाई जोडेर बिगत केही दिनदेखि विभिन्न संचार माध्यम,
राणा विरोधी आन्दोलनका जनमुक्ति योद्धा जसवहादुरको निधन

सन्तवीर लामा धनकुटा– वि.सं.२००७ सालको जहाँनिया राणा शासनको अन्त्य गर्न नेपाली जनताले संचालन गरेको राणा विरोधी आन्दोलनका जनमुक्ति सेना जस वहादुर माङ्गयक लिम्बुको ९० वर्षको उमेरमा निधन भएको छ । करिव डेड वर्ष देखी वाथको विरामले खुट्टाको घुँडा नचल्ने भै थलिएका मुक्ति योद्धा जसवहादुरको सोमवार विहान आफ्नै निवास–७ मोति टोलमा निधन भएको हो । उनको पार्थिव शरिरलाई सोमवार अपरान्ह ४ वजे धनकुटाको मुलघाट स्थित् विश्रान्तीमा किराँत धर्म, संस्कार र परम्परा
फेसबुकको चिनजान नै बन्यो काल , गोंगबु हत्याकाण्डका आरोपी समातिए

याम्बु । गोंगबुको नवज्योती मार्गमा सुटकेशमा शव भेट्नासाथ अनुसन्धानका लागि ट्रयाकिङ डग प्रयोग गरियो । जसको नाम थियो– ‘जोजो ।’ट्रयाकिङ डगले शव भेटिएको करिब ३ सय मिटर पर जेब्रा झोलामा फालिएको शवको टाउको र खुट्टा पत्ता लगायो । त्यसपछि अपराध महाशाखा र काठमाडौँ प्रहरीले त्यो अपरेशनको नाम दिए– ‘अप्रेशन जोजो ।’ दुई दिन र दुई रातको मेहनतपछि ‘अप्रेशन जोजो’ सफल भएको छ । मंगलबार काठमाडौँ प्रहरी प्रमुख प्रहरी बरीष्ठ उपरिक्षक
याम्बुरी नाकमुनि, चिउँडो र घाँटीमा मास्क झुण्डाउनेको संख्या २७%

याम्बु । कोरोना संक्रमण बढ्ने क्रम जारी रहे पनि त्यसको रोगथामका लागि स्वास्थ्य मन्त्रायले बनाएको एसएमएस मापदण्ड पालना गर्ने नागरिकको संख्या निकै कम रहेको छ । यसले नागरिकहरु कुन हदसम्म लापरबाह छन् भन्ने पनि देखाएको छ । सामाजिक दूरी, मास्क र स्यानिटाइजरको प्रयोग गरी कोरोना रोकथाम तथा नियन्त्रण गर्ने विधिलाई स्वास्थ्य मन्त्रालयले एसएमएस विधि भन्ने गरेको छ । यो विधिअनुसार आवश्यक सावधानी अपनाउनेहरुको संख्या कम रहेको र नागरिकहरु पर्याप्त रुपमा