तपाईं अहिले समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
राष्ट्रपतिलाई नयाँ गाडी र हेलिप्याड: विवाद किन?

राष्ट्रपतिका निम्ति नयाँ गाडीहरू किन्न १८ करोड रूपैयाँ छुट्याइएको र हेलिकोप्टर अवतरणका निम्ति प्रहरी प्रतिष्ठान सारेर राष्ट्रपति कार्यालयको क्षेत्र बढाउने निर्णयको चर्को आलोचना भइरहँदा मौन सरकार अन्तत: बचाउमा उत्रिएको छ। सरकार र राष्ट्रपति दुवैलाई विवादमा तानेका यी निर्णयको सामाजिक सञ्जालमा उत्तिकै आलोचना भएको छ। प्रतिपक्षी कांग्रेसका नेताहरू मात्र नभएर पूर्वमन्त्री, सचिव, राष्ट्रपति कार्यालयकै एकजना पूर्व सल्लाहकार, पूर्वप्रमुख निर्वाचन आयुक्त एवं थुप्रै सर्वसाधारणले यो निर्णयको आलोचना गर्दै सामाजिक सञ्जालमा लेखेका
मध्यराति मनमाया तामाङको हत्या

१३ असोज । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका– ४ की ५५ वर्षीया मनमाया तामाङको शुक्रबार राति हत्या भएको छ । हत्या अभियोगमा सोही ठाउँका २० वर्षीय वासुदेव वाइबालाई प्रहरीले पक्रिएको छ । हत्याको कारण अझसम्म खुलाइएको छैन । अभियुक्त वाइबा तामाङलाई मेलम्चीस्थित इलाका प्रहरी कार्यालयमा ल्याई अनुसन्धान शुरु गरिएको प्रहरी निरीक्षक परशुराम मल्लले जानकारी दिनुभयो ।
अदुअको प्रमुख आयुक्तमा नवीन घिमिरे सर्वसम्मत

काठमाडौ । संसदीय सुनुवाइ समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तमा नवीनकुमार घिमिरेलाई सर्वसम्मतिले अनुमोदन गरेको छ । समितिको बिहीवारकाे बैठकले आयोगकै आयुक्त घिमिरेलाई प्रमुख आयुक्तमा अनुमोदन गरेको हो । घिमिरेले समितिमा प्रस्तुत गरेको अवधारणा र कार्ययोजना तथा उनकाे योग्यता, क्षमता र अनुभवका आधारमा सर्वसम्मतिले अनुमोदन गरिएको समितिका ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिए | समितिको बैठकमा आयुक्त घिमिरेले भ्रष्टाचार नियन्त्रणका लागि कार्ययोजनासहित काम गर्ने तथा सभ्य र भ्रष्टाचाररहित समाज
विद्युत चुहावट पूर्ण नियन्त्रण हुने घिसिङको दाबी

चालु आर्थिक वर्षको २ महिनामा ५ प्रतिशतले विद्युत चुहावट नियन्त्रण भएको छ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चालु आर्थिक वर्षको पहिलो महिना गत साउनमा २ प्रतिशतले चुहावट नियन्त्रण भएको र दोस्रो महिना भदौमा ३ प्रतिशतले चुहावट हटेको जानकारी दिए। कार्यकारी निर्देशक घिसिङले प्राधिकरणले चोरी नियन्त्रण, महसुल बक्यौता असुलीमा कडाई, प्राविधिक चुहावट घटाउने, ट्रान्सफर्मर तथा वितरण लाइनको सुदृढीकरण लगायतका काम अभियानकै रुपमा चलाइरहेकोले चुहावट नियन्त्रणमा सहज भएको बताए। केही स्थानमा
चुडामणि उप्रेती ‘गोरे’ समूह द्वारा ३८ क्वीन्टल सुन तस्करी !

काठमाडौं । सरकारी छानविन समितिले चुडामणि उप्रेती ‘गोरे’ समूहले चार वर्षमा झण्डै ३८ क्वीन्टल सुन तस्करी भएको निष्कर्ष निकालेको छ । साढे ३३ किलो सुन तस्करी र सनम शाक्यको हत्याबारे छानविन गर्न समिति बनेको थियो । गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेल नेतृत्वको समितिको अध्ययनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय मोरङले सुन तस्करीमा संलग्न भएको अभियोगमा पूर्व डीआईजी, बहालवाला एसएसपीसहित ६३ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । उर्लाबारीका चुडामणि
अनिश खालिङ बचाउन संकलित ‘ब्लडमनी’को कथा : साढे तीन करोडको लफडा

काठमाडौं, युएईको जेलमा परेका अनिश खालिङलाई बचाउन संसारभरका नेपालीले संकलन गरेको करोडौंको रकमको हिसाव किताव खोजी हुन थालेपछि अहिले अनिश खालिङ आफै र उहाँको नाममा स्थापित अनिश प्रतिष्ठान संस्था दुवै विवादमा परेका छन् । युएईमा एक पाकिस्तानीलाई मारेको अभियोगमा मृत्युदण्डको फैसला सुनाइएका अनिश खालिङ राईलाई चाहिने ब्लडमनी जुटाउन ३ वर्षअघि विश्वभरबाट झण्डै ७० हजार जनाले सहयोग गरेका थिए । अनिश खालिङ राई बचाउ अभियान चलाएर ब्लडमनीका लागि चाहिने रकम संकलन
काठमाडौंमा लिभिङ टूगेदर जोडी खोज्दै प्रहरी, घरधनी र डेरावाल निगरानीमा !

काठमाडौं- महानगरीय प्रहरी परिसर काठमाडौंले काठमाडौं जिल्लाभरिका सम्पूर्ण घरधनी र कोठा भाडामा लिएर बस्ने डेरावालसम्मको निगरानी शुरु गरेको छ । पछिल्लो समय काठमाडौंमा लिभिङ टूगेदरमा बस्ने, कोठा भडामा लिएर विभिन्न अपराधिक गतिविधि गर्ने लगायत समस्या बढ्न थालेपछि प्रहरीले काठमाडौंका घरधनी र डेरावालको निगरानी शुरु गरेको हो । काठमाडौंका घरधनी र डेरावालको तथ्याङ्क संकलन गर्न करीब २ हजार प्रहरी परिचालन गरिएका छन् । महानरीय प्रहरी परिसर काठमाडौं अन्तर्गतका सबै प्रहरी वृत्त,