तपाईं अहिले प्रमुख खबर सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
तामाङ घेदुङले सोनाम ल्होछार भर्चुअल सांस्कृतिक कार्यक्रम गर्ने

याम्बु – नेपाल तामाङ घेदुङले सोनाम ल्होछारको अवसरमा ‘भर्चुअल’ सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । कोरोना महामारीका कारण भौतिक रूपमा जम्मा भएर कार्यक्रम गर्न सम्भव नभएका कारण भर्चुअल कार्यक्रम गर्न लागेको हो | तामाङ, ह्योल्मो लगायत विभिन्न बौद्धमार्गी समुदायले मनाउने सोनाम ल्होछार पर्व यस वर्ष माघ ३० गते परेको छ । त्यसको अघिल्लो दिन माघ २९ गते साँझ जुममार्फत् ‘भर्चुअल ल्होछार सांस्कृतिक समारोह’ आयोजना गरिने घेदुङले जानकारी दिएको छ।
सोनाम ल्होछारको अवसरमा राष्ट्रिय रुपमा सार्वजानिक विदा

याम्बु – नेपाल सरकारले माघ ३० गते शुक्रबार सोनाम ल्होछारको उपलक्ष्यमा सार्वजानिक विदा दिने भएको छ । तामाङ,ह्योल्मो लगायत हिमाली भेगमा बसोवास गर्नु हुने समुदायले मनाउने सोनाम ल्होछारको अवसरमा राष्ट्रिय रुपमा सार्वजानिक विदा दिने भएको हो । सरकारले तीन वर्षअघि ल्होछार लगायतका विभिन्न चाडपर्वमा दिईंदै आएको सार्वजानिक बिदा कटौती गरेको थियो । तामाङ समुदाय लगायत विभिन्न समुदायले बिदा कटौती नगर्न सरकारसँग माग गर्दै आएका थिए । यसपाली तिथिअनुसार सोनाम ल्होछार
ह्योन्जन वंश प्रतिष्ठान नेपालले सोनाम ल्होछार शुभकामना आदानप्रदान कार्यक्रम गर्दै

याम्बु -ह्योन्जन वंश प्रतिष्ठान नेपालद्धारा लाङ ल्हो (गाई बर्ष) सोनाम ल्होछारको पावन शुभ अवसरमा यहि २०७७ माघ २४ गते शनिबारको दिन (फेब्रुवरी ६ २०२१) जुम अनलाइन मार्फत ‘शुभकामना आदान-प्रदान साथै बिशेष भर्चुअल संवाद अन्तरक्रियात्मक” कार्यक्रम गर्ने भएको छ | जुम अनलाइन कार्यक्रममा सहभागि हुन विश्व भरी छरिएर रहनु भएको सम्पूर्ण ह्योन्जन वंशको परिवारजनहरुलाई हार्दिक अनुरोध गरेको छ | मितिः- २०७७ माघ २४ गते, शनिबार (फेब्रुवरी ६ २०२१) समयः बिहान ९:
नेपाल र इजरायल बीच अस्थायी रोजगारीसम्बन्धी सम्झौतामा हस्ताक्षर सम्पन्न

याम्बु – नेपाल र इजरायल बीच ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौता’ कार्यान्वयन गर्न दुई देशका अधिकारीबीच ‘इम्प्लिमेन्टेसन प्रोटोकल’ हस्ताक्षर भएको छ । श्रम मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालको तर्फबाट वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाल र इजरायलका तर्फबाट नेपालका लागि इजरायली राजदूत हनान गोडेरले हस्ताक्षर प्रोटोकलमा हस्ताक्षर गरेका छन् । प्रोटोकलमा हस्ताक्षर भएसँगै इजरायलको विशिष्ट श्रम बजार नेपाली युवाका लागि खुला भएको । सम्झौता अनुसार ५००
नेपाल–इजरायलबीच अस्थायी रोजगारी सम्बन्धी सम्झौतामा हस्ताक्षर हुने

याम्बु । नेपाल र इजरायलबीच गत असोजमा भएको ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारी सम्बन्धी सम्झौता’ कार्यान्वयनका लागि बिहीबार दुई देशका अधिकारीबीच ‘इम्प्लिमेन्टेसन प्रोटोकल’ हस्ताक्षर हुने भएको छ । प्रोटोकलमा नेपाल सरकारका तर्फबाट वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाल र इजरायल सरकारका तर्फबाट नेपालका लागि इजरायली राजदूत हनान गोदरले हस्ताक्षर गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । प्रोटोकलमा हस्ताक्षर भएसँगै इजरायलको विशिष्ट श्रम बजार नेपाली
तामाङ समाज जापानले ल्होछारको अबसरमा तामाङ पहिरन फोटो प्रतियोगिता गर्दै
याम्बु – नेपाल तामाङ समाज जापानले सोनाम ल्होछारको अवसरमा तामाङ् पहिरन फोटो प्रतियोगिता गर्ने भएको छ । २८५७ सोनाम ल्होछार घर घरमै मनाऔं ! आफ्नो मौलिक संस्कृतिको संरक्षण र सम्वर्धन गरौँ भन्ने मुल नाराका साथ तामाङ् समुदायको मौलिक संस्कृति बोकेको तामाङ् भेषभुषाको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिता कार्यक्रम गर्न लागिएको समाजका महासचिव बलराम थिङ तामाङले जानकारी दिनुभयो । ल्होछारको अवसरमा प्रत्येक वर्ष सांस्कृतिक कार्यक्रम गर्दै आईरहेको तामाङ् समाज जापानले यस पटकको
नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराकको अधिवेशन सम्पन्न,अध्यक्षमा श्याम मम्बा तामाङ चयन

याम्बु – नेपाल तामाङ घेदुङ कुर्दिस्तान,इराकको पहिलो अधिवेशन इराक स्थित सिटि स्टार क्याफेमा सम्पन्न भएको छ | संस्थाका वरिष्ठ उपाध्यक्ष दिल कुमार लामा तामाङको सभापतिमा भएको अधिवेशनमा प्रमुख अतिथि नेपाल तामाङ घेदुङ केन्द्रका उपाध्यक्ष तथा प्रवासी बिभाग प्रमुख कुमार घिसिङ तामाङ,बिशेष अतिथिमा नेपाल तामाङ घेदुङ केन्द्रका महासचिव मोहित कुमार घिसिङ तामाङ र अतिथिमा स्थानीय संघ,संस्थाका प्रतिनिधिहरु उपस्थित रहेका थिए | अधिवेशनले श्याम मम्बा तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ