तपाईं अहिले कृषी पर्यटन सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
२६ जिल्लामा पुग्यो सलह किराको समुह

याम्बु – भारत हुँदै नेपाल प्रवेश गरेको मरुभूमि सलह किरा अहिलेसम्म २६ जिल्लामा पुगेको कृषि तथा पशु पक्षी मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रले जनाएको छ । विभिन्न जिल्लामा पुगेका मध्य सलहको सातवटा समूह तुलनात्मक रुपमा ठूलो रहेको केन्द्रले उल्लेख गरेको छ । अनुमानित १० लाख भन्दा बढीको संख्यामा मकवानपुरको बकैया हेटौँडा नगरपालिकामा देखिएको सलहको समूहले सो क्षेत्रका किसानले एक हजार रोपनी क्षेत्रमा लगाएको मकैबालीमा क्षति गरेको जनाइएको छ
कृषिमा अनुदान नै अनुदान

घोराही, ७ जेठ । गत साता दाङको दंगिशरण गाउँपालिकाले करीब पाँच सय किसानलाई धानको बीउ वितरण ग¥यो । कोरोना महामारीमा विपन्नलाई चामल र किसानलाई राहतस्वरुप शतप्रतिशत अनुदानमा धानको बीउ वितरण गरिएको हो । प्रतिकठ्ठा दुई केजीका दरले पाँच हजार दुई सय केजी धानको बीउ राहतस्वरुप ६ वटै वडाका किसानलाई उपलब्ध गराइएको पालिकाका प्रमुख भागिराम चौधरीले बताउनुभयो । तुलसीपुर उपमहानगरले पनि करीब पाँच सय किसानलाई मकैको बीउ वितरण गरेको छ ।
आधा दर्जन विदेशी एयरलाइन्सले नेपालमा उडान भर्दै

याम्बु – नेपाल भ्रमण वर्ष २०२० अभियान प्रारम्भ हुनै लाग्दा नेपालमा आधा दर्जन विदेशी वायु सेवा प्रदायक कम्पनीले उडान भर्ने तयारी गरेका छन् । नेपाल गन्तव्यमा उडान विस्तारका लागि भारतका दुई, कुवेत, फिनल्यान्ड र अष्ट्रेलियाको एक/एक वायु सेवा प्रदायकले उडान भर्न लागेका हुन् । भारतको स्पाइस जेट एयरलाइन्स र भिस्तारा एयरले नेपालमा उडान भर्नका लागि नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाइसकेको छ भने कुवेतको जजिरा एयरवेजले पनि नेपाल
मिसेस नेपाल टुरिजम बिजेता शेर्पा नेपाल पर्यटन बोर्डको पर्यटन सदभावना दुतमा नियुक्त

याम्बु । लामो समय देखि नेपालको पर्यटनलाइ विश्वसामु चिनाउदै आएकी पर्यटन ब्यबसायी तथा मिसेस नेपाल टुरिजम २०१९ विजेता छिरिङ डोल्मा शेर्पा सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको नेपाल पर्यटन बोर्ड बाट आगामी २ बर्षे कार्यकालको लागि पर्यटन सद्भावनादूत नियूक्त भएकी छन् । भिजिट नेपाल २०२० लाई सफल बनाउने हेतुले नेपाल पर्यटन बोर्डले शेर्पालाई सद्भावनादूतमा नियूक्त गरेको हो । शेर्पा सामाजिक कार्यमा समेत अग्रणी भूमिका निर्बाह गर्दै आएकी छिन