तपाईं अहिले खेलकुद सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
प्रदेश १ का युकेज योन्जन तामाङले जिते सफ्ट टेनिसमा स्वर्ण

नेपालगन्ज- आठौं राष्ट्रिय खेलकुदअन्तर्गत एघारौं राष्ट्रिय सफ्ट टेनिसको पुरुष एकल फाईनलमा प्रदेश १ का युकेश योन्जनले स्वर्ण जिते । उनले प्रदेश नं ३ का प्रदिप खत्रीलाई ४–२ को सेटमा पराजित गर्दै स्वर्ण हात पारे । प्रदेश १ का रनिश तामाङ र प्रदेश नं. ५ का सुरज चौधरी तेस्रो भए । महिला एकलमा प्रदेश नं. ३ की चन्द्रमाया राईले एपीएफकी भगवती विकलाई ४–२ को सेटमा पराजित गर्दै स्वर्ण जितिन् । प्रदेश
इत्साक खायिक: ७३ वर्षको उमेरमा बने यी इजरायली सबैभन्दा वृद्ध फुटबल खेलाडी

त्रिहत्तर वर्षको उमेरमा व्यावसायिक फुटबल खेलेर एक इजरायली वृद्धले नयाँ कीर्तिमान राखेका छन्। शुक्रवार दिउँसो भएको खेलमा इत्साक खायिक इजरायली क्लब इरोनी ओर येहुदाबाट गोलरक्षक बनेर खेलेका थिए। वृद्धावस्थामा भए पनि निर्धारित ९० मिनेट पूरै खेलेका खायिकले आफू अर्को खेलका लागि तयार भएको बताए। खेल सकिएपछि आयोजित एउटा समारोहमा उनलाई गिनिज वर्ल्ड रेकर्ड्सले सम्मानित गरेको थियो। केही दिनमै उनको जन्मदिन आउँदैछ। राम्रो प्रदर्शन उनको इरोनी ओर येहुदा क्लब इजरायली घरेलु
नेपालले बङ्गलादेशलाई ३-० ले हरायो, आज पनि मञ्जलीकुमारी योञ्जन तामाङले ठोके गोल

विराटनगर । पाचौं साफ महिला फुटबलअन्तर्गत शनिवार भएको खेलमा नेपालले बङ्गलादेशलाई ३-० ले पराजित गरेको छ । विराटनगरको शहीद रङ्गशाला आज भएको समूह ‘ए’ अन्तर्गतको खेलमा नेपाल विजयी भई समूह प्रथम भएको छ । खेलको ६ मिनेटमा बङ्लादेशका खेलाडी मसुरा प्रभिनले आत्मघाती गोल गरी नेपाललाई अग्रता दिलाएकी थिइन् । यसैगरी खेलको २३औँ मिनेटमा सावित्रा भण्डारीले गोल गरी नेपाललाई २–० ले अगाडि बढाइन् । खेलको २८औँ मिनेटमा नेपाली खेलाडी मञ्जलीकुमारी योञ्जनले गोल
महिला साफ : नेपाललाई ३–० को अग्रता,मञ्जलीकुमारी योञ्जन तामाङले गरे पहिलो गोल

२८ फागन, विराटनगर । पाँचौ संस्करणको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भुटानविरुद्ध ३–० को अग्रता बनाएको छ । खेलको १३ औं मिनेटमा मञ्जलीकुमारी योञ्जन तामाङको गोलमा अग्रता लिएको नेपालका लागि १६औं मिनेटमा सावित्रा भण्डारीले गोल थपिन् । यो सँगै सावित्राले २३औं अन्तर्राष्ट्रिय गोल पूरा गरिन् । खेलको ५५ औं मिनेटमा कप्तान निरु थापाले गोल गर्दै टीमलाई फराकिलो अग्रता दिलाएकी हुन् । उनले सावित्राको हेड बललाई गोलमा परिणत गरेकी हुन्