तपाईं अहिले Flash News सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै

तेलअविव – जनता समाजवादी पार्टी नेपालका प्रवास संगठन नेपाली समाज ( NeSo) इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस कार्यक्रम जुम भर्चुअल माध्यम मार्फत गर्ने भएको छ | इजरायलमा अवस्थित राजनीतिक,सामाजिक ,धार्मिक ,साहित्यिक, संघसंगठन र देश विदेशमा रहनु भएका आदरणीय देशप्रेमी श्रमजीवी दाजुभाइ तथा दिदिबहिनीहरुमा गरिमामय उपस्थितको लागि सादर अनुरोध गरेको छ | मिति :जुन १५ तारिख बुधबार। माध्यम :-जुमभर्चुअल । नेपाली समय :- साँझ ५:४५ बजे। इजरायली समय : दिउँसो ३:००
मातृभाषामा पठनपाठन गराउने शैक्षिक संस्थाहरूलाई अनुदान दिइने

याम्बु -सरकारले स्थानीय मातृभाषामा पठनपाठन गराउने शैक्षिक संस्थाहरूलाई अनुदान दिने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले संसदमा बजेट प्रस्तुत गर्दै उक्त क्षेत्रको लागि अनुदान दिइने बताएका हुन्। यो नियम सरकारी र निजी दुवैथरी शैक्षिक संस्थामा लागू हुने भएको छ।