तपाईं अहिले Flash News सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
दिल्लीस्थित इजरायलको दुतावास नजिकै बम विस्फोट

१६ माघ – दिल्लीस्थित इजरायलको दुतावास नजिकै बम विस्फोट भएको छ । शुक्रबार साँझ दूतावास नजिकै बम विस्फोट भएको हो । विस्फोटबाट ५ वटा कारमा नोक्सान पुगेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । घटनामा कोही पनि घाइते भएको खबर नआएको बताइएको छ । अहिले प्रहरीको टोली घटनास्थल पुगेको छ भने हवाई देखि सरकारी भवनको गस्ती पनि गरिरहेको छ । विस्फोट भएको स्थानबाट इजरायलको दुतावास १ सय ५० मिटरको दूरीमा छ ।
शेर्पा संघ इजरायलले अनलाइन मार्फत ग्याल्पो ल्होसारको शुभकामना आदानप्रदान गर्ने

तेलअविव – शेर्पा संघ इजरायलले ‘विश्व भरी छरिएर रहेको सम्पुर्ण शेर्पा हरुको एकता, कला भाषा संस्कृतिको संरक्षण र संवर्द्दन आजको आवश्यकता’ भन्ने मुल नाराको साथ बौद्द धर्मावलम्बीहरुको महान नेपाली राष्ट्रीय चाड २१४८ औं च्या- मो लाङ ल्हो ग्याल्पो ल्होसार- २०७७ शुभकामना आदान-प्रदान कार्यक्रम आउदो फेव्रुवरी १४ तारीख़ आईतबारको दिन जुम भर्चुअल अनलाइ मार्फत गर्ने भएको छ | अहिलेको कोभिड-१९ को परिस्थितिलाई मध्यनजर गर्दै प्रत्येक बर्ष झैं येसपाली लोसार कार्यक्रम प्रत्यक्ष गर्न
नेपाल तामाङ घेदुङ कुर्दिस्तानको दोस्रो अधिवेशन हुदै

याम्बु – नेपाल तामाङ घेदुङ कुर्दिस्तानको दोस्रो अधिवेशन आज हुदैछ | तामाङ भाषा,धर्म,संस्कार,संस्कृति,भेषभुषालाई जगेर्ना गरौँ, इराक कुर्दिस्तान भरि छरिएर बस्नु भएका सिङ्गो तामाङ दाजुभाइ तथा दिदिबहिनीहरुलाई एकीकृत गरौँ”भन्ने मूल नाराका साथ स्थापना भएको नेपाल तामाङ घेदुङ कुर्दिस्तानको दोस्रो अधिवेशन सिटि स्टार क्याफेमा बिहान साढे दश बजे देखि हुने भएको छ |