तपाईं अहिले रोचक खबर सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव – अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका अध्यक्ष अनिल सिंह राजपुतको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी नेपाली राजदुतावास इजरायलका तृतीय सचिव प्रदिप सागर गिरि, एनआरएनए इजरायलका प्रतिनिधि प्रथम उपाध्यक्ष सुमी थापा र राष्ट्रिय समुदाय संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरुको उपस्थिती रहेको थियो | साधारण सभाबाट नयाँ कार्यसमितिमा सर्वसम्मत अध्यक्षमा युनिका गुरुङ, वरिष्ठ उपाध्यक्ष राज लिम्बु , प्रथम उपाध्यक्ष कुमार आङ्देम्बे ( अबि
चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु – चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका निबासी रोबिन कुमार लामाले मुद्धा दर्ता गरेको छ | बौद्ध धर्म सङ्ग सम्बन्धित विभिन्न गुन्बा, सस्था, रेन्पोछे, खेन्पो र धर्मगुरुहरू सङ्ग नेपाली चलचित्र कबड्डि 4 मा देखाइएको कथा बस्तु, दृश्यहरू सम्बन्धी परामर्श गरि भबिश्यमा चलचित्रहरूमा बौद्ध तथा अन्य धर्म आस्था माथी आच आउने, धर्मको सिद्धान्त र उद्देश्य नै परिबर्तन भै भाबी पुस्ताले चलचित्रको श्रब्यदृष्यबाट गलत ज्ञान
राष्ट्रपतिद्वारा ओली र देउवा दुवैलाई प्रधानमन्त्रीमा नियुक्त गर्न अस्वीकार

याम्बु – राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गर्ने दुबै प्रतिनिधिसभा सदस्यको दावी नपुगेको जनाएको छ । संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्रीका लागि वर्तमान प्रधानमन्त्री र काँग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार राष्ट्रपति भवन शीतल निवास पुगेर दावी पेश गरेका थिए । तर राष्ट्रपति कार्यालयले शुक्रबार अबेर जारी गरेको विज्ञप्तिमा प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने ठोस आधार नदेखिएकाले दुबै दावीकर्ताको दावी नपुग्ने देखिएकाले प्रधानमन्त्रीमा नियुक्ति
चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु – चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल सार्वजनिक भएको छ । सार्वजनिक गीतमा भीम विष्टको शब्द संगीत, नरेन्द्र वियोगीको संगीत संयोजन रहेको छ । स्यामस्वेत रसाईलीको ध्वनी सम्वादनमा तयार उक्त गीतको भिडियोमा पल साह, रियासा दहाल, सरोज अधिकारी, आस्मा विश्वकर्मा लगायतका फिचर्ड छन् । गम्भीर विष्टको निर्देशनमा म्युजिक भिडियो तयार भएको हो । याक एण्ड यति होटलका मुख्य तीन वटा
भारतको नाम ‘इन्डिया’ कसरी रह्यो ? यस्तो छ चाखलाग्दो इतिहास

नेपालको दक्षिणी छिमेकी देशलाई भारत, इन्डिया, हिन्दूस्तान भनेर बुझ्ने गरिन्छ । एउटै देशको ३ थरि नाम कसरी रह्यो ? भारतको नाम सम्बन्धी चाखलाग्दो इतिहास छ । प्राचीनकालमा महाराजा भरतले सम्पूर्ण भारतलाई विस्तार गरेका कारण उनको नामबाट ‘भारत’ रहन गएको बताइन्छ । मध्यकालमा तुर्क र ईरानीहरू भारत प्रवेश गर्दा सिन्धु घाटी भएर आए । उनीहरू ‘स’लाई ‘ह’ उच्चारण गर्थे, तसर्थ सिन्धु अपभ्रंश भएर हिन्दू रहन गएको भनाइ भारतमा रहेको छ ।
नेपाल तामाङ घेदुङले संस्कृत भाषाको पठनपाठन सम्बन्धि प्रेस बिग्यति जारी

याम्बु – नेपाल तामाङ घेदुङ संघीय सचिवालयले सामुदायिक बिधालयहरुमा संस्कृत भाषामा कक्षा १ देखि ८ सम्म पठनपाठनका लागि पाठ्यक्रम तयार पारेको सम्बन्धमा प्रेस बिज्ञप्ति जारी गरेको छ । बिज्ञप्तिमा भाषा आयोगका केहि कर्मचारीको मिलोमतोबाट स्थानीय बिषय /मातृभाषा वा संस्कृत बिषय भन्ने थप गरि सिफारिस गरेको र पाठ्यक्रम बिकास केन्द्रले सोहि अनुसार सामुदायिक बिधालयमा अध्ययनरत बालबालिकालाई संस्कृत बिषय समेत लाद्न लागेको भनेर गम्भीर ध्यानाकर्षण गरेको छ । शास्त्रीय भाषाहरु लाद्ने निर्णयको
लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक अचम्मको खवर समेत सार्वजनिक भएको छ । टाइम्स अफ इण्डियाका अनुसार पतिले कुटपिट गर्दा महिला अस्पताल भर्ना भएकी छन् । २४ वर्षीया महिलालाई उनका पतिले अनलाइन लुँडोको खेलमा पराजित गरेको भन्दै निर्मतापूर्वक कुटपिट गरेपछि ढाडमा गम्भीर चोट आएका कारण अस्पतालमा भर्ना गरिएको समाचारमा उल्लेख छ। वडोदरा निवासी एउटी महिलाले आफ्नो पतिलाई