तपाईं अहिले विश्व सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
डिभी लटरी आजबाट खुल्यो

याम्बु – सन् २०२३ को लागि आजदेखि डिभी लोटरी खुल्ने भएको छ । आज बेलुकी ९ः४५ बजेदेखि अनलाइनमार्फत डीभी लोटरी भर्न सकिनेछ । अमेरिकी सरकारको विदेश मन्त्रालय अन्तर्गतको वेवसाइट अमेरिकी स्टेट गभर्मेन्टको वेवसाइटमा गएर सक्कली पासपोर्ट, फोटोलगायत कागजात राखेर भर्न सकिन्छ । आज अक्टोबर ६ बाट खुलेको डीभी लटरी नोभेम्बर ९ को पौने १० बजेसम्म भर्न सकिनेछ । डिभी भर्दा नाम, जन्ममिति, जन्मस्थान, पासपोर्ट विवरण, फोटो, ठेगाना, फोन नम्बर, इमेललगायतका
६० लाख यहुदीको नरसंहार गरेका हिटलर र यहुदी बालिकाबीच मित्रताको त्यो कथा

एक बालिकालाई झुकेर माया गर्दै गरेका यी व्यक्तिको तस्बिर झट्ट हेर्दा निकै राम्रो लाग्छ । तर सन् १९३३ मा लिइएको यो तस्बिरका पछाडिको कथा अलिक मार्मिक छ । तस्बिरमा देखिन्छन् जर्मन तानाशाह एडल्फ हिटलर, जसले ६० लाख यहुदीको नरसंहार गरेका थिए । अनि तस्बिरकी यी बालिका हुन् यहुदी मुलकी बालिका रोजा बनाईल निनाओ । वरिष्ठ नाजी अधिकारीहरुले हस्तक्षेप गर्दासम्म हिटलर र यी बालिकाबीच गहिरो मित्रता भइसकेको थियो । तर पछि
दिल्लीस्थित इजरायलको दुतावास नजिकै बम विस्फोट

१६ माघ – दिल्लीस्थित इजरायलको दुतावास नजिकै बम विस्फोट भएको छ । शुक्रबार साँझ दूतावास नजिकै बम विस्फोट भएको हो । विस्फोटबाट ५ वटा कारमा नोक्सान पुगेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । घटनामा कोही पनि घाइते भएको खबर नआएको बताइएको छ । अहिले प्रहरीको टोली घटनास्थल पुगेको छ भने हवाई देखि सरकारी भवनको गस्ती पनि गरिरहेको छ । विस्फोट भएको स्थानबाट इजरायलको दुतावास १ सय ५० मिटरको दूरीमा छ ।
इजरायल र यूएई बीच ऐतिहासिक सम्झौता,प्यालेस्टिनी असन्तुष्ट

तेलअविव – इजरायल र युनाइटेड अरब इमिरेट्सबीच सम्बन्धमा सुधार गर्ने ऐतिहासिक सम्झौता भएको छ। नियन्त्रणमा रहेका वेष्ट बैंकका केहि भाग गाभ्ने विवादास्पद् योजना स्थगित गर्न इजरायल सहमत भएपछि यो सम्झौता भएको हो। यो सहमति गर्नका लागि मध्यस्तता गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र ती मुलुकहरुले यो सहमतिलाई ऐतिहासिक तथा
इजरायलद्वारा कोरोनाविरुद्धको भ्याक्सिन विकास गरेको दाबी

तेलअविव – इजरायलले कोरोनाभाइरसविरुद्ध प्रभावकारी असर गर्ने भ्याक्सिन विकास गरेको दाबी गरेको छ। इजरायलले विकास गरिएको भनिएको भ्याक्सिनलाई मावनपरीक्षण गर्न सरकारी अनुमतिको पर्खाइमा रहेको जनाएको छ। यो भ्याक्सिनको मानवपरीक्षणलाई सम्भवत शरदकालीन छुट्टीपछि गर्न सकिने जनाइएको छ। इजरायलका रक्षामन्त्री बेनी गान्टजले इजरायल इन्स्टिच्युट अफ बायोलोजिकल रिसर्चको भ्रमणको गरिसकेपछि यो भ्याक्सिनका बारेमा जानकारी लिएका छन्। इन्स्टिच्युटका निर्देशक प्राध्यापक स्यामुयल शपिराले मन्त्री गान्जटलाई यो नयाँ इजरायली भ्याक्सिनका बारेमा जानकारी दिएका थिए। इजरायलको रक्षा