तपाईं अहिले बिचार विश्लेषण सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
लकडाउन कसरी खोल्ने र खुला भएपछि कोरोनाबाट कसरी बच्ने ?

डा. रवीन्द्र पाण्डे – नेपालमा कोरोना संक्रमितको संख्या उकालो लागिरहेको तथा असार/साउन महिनासम्म उच्चबिन्दुमा जानसक्ने प्रक्षेपणअनुसार एकातर्फ रोगलाई नियन्त्रण गर्नुपर्ने दायित्व छ भने अर्कातर्फ जनजीविका सञ्चालन गर्नका लागि लकडाउनलाई खुकुलो गर्नुपर्ने बाध्यता छ । सबैलाई थाहा छ, लकडाउन समाधान होइन । लकडाउनलाई एकैपटक खोल्दा हामीले ब्राजिलको अवस्था आउन सक्छ भनेर आत्मसात गर्नुपर्दछ । तसर्थ लकडाउनलाई सुरक्षित अवतरण गर्नका लागि ४-५ चरणमा विस्तारै खुकुलो गर्नुपर्दछ । हरेक चरणमा परीक्षणको दायरा बढाउँदै
कसले मार्याे राजा वीरेन्द्रलाई ?

कनकमणि दीक्षित :: नारायणहिटी हत्याकाण्डको हकमा लोकतान्त्रिक गणतन्त्र नेपालमा फेरि पनि एउटा औपचारिक अनुुसन्धान र खोजी जरूरी छ, जसले नारायणहिटीको भूतबाट हामीलाई राम्ररी छुटकारा दिलाओस् र जनताले पनि तथ्यपरक बुझाइको आधारमा यो काण्डलाई आफ्नो मनबाट पन्छाउन सकून् । १९ जेठ २०५८ रातको पहिलो प्रहर बादलले काठमाडौं उपत्यका ढपक्कै ढाकेको थियो । एउटा हेलिकप्टर विमानस्थलबाट उड्यो र मेघको घेरालाई तोडेर बारम्बार पश्चिमतर्फ जाने कोशिश गर्दागर्दै असफल भयो अनि अँध्यारोमा झिपिक्–झिपिक् बत्ती
आत्मबलले हराऔं भाइरसलाई

छ महिनाअघि चीनबाट कोरोना शुरू हुँदा मानवताको नाताले जागेको समवेदना त थियो नै, तर आफूतिर सोझिएको चिन्ता थिएन । चीनमा हायलकायल जारी राख्दै र अन्य छिटफुट देशमा आफ्नो शक्ति देखाउँदै कोरोना एकाएक युरोप, अमेरिका हानियो । उच्चस्तरीय स्वास्थ्य सुविधासहित विकास र समृद्धिको चरम स्वाद चाखिरहेका युरोपेलीको जनजीवनसमेत तहसनहस पार्न उसलाई धेरै समय लागेन । तीव्र रूपमा फैलिएको संक्रमणसंगै ज्यान गुमाउनेको सख्या बढिरह्यो । उच्च गतिको संक्रमण र सोही अनुपातको मृत्युश्रृङ्खला
बुद्ध भन्थे – मानिसको कुनै जात हुँदैन

समाजमा व्याप्त जातीय विभेद र यसको प्रताडनाको प्रतिक्रियामा संसारभरि महिला र पुरुष दुई जात मात्रै छन् भनिन्छ । गौतम बुद्धले भने मानव जाति एउटै मात्र रहेको बताएका छन् । उनका अनुसार महिला र पुरुष एउटै जातका दुई लिङ्ग मात्रै हुन् । जसरी जनावरहरू गाई, भैंसी, घोडा, गधा आदिमा जातीय भेद देखिन्छ त्यसरी मानिसमा देखिंदैन । जनावरमा त्यो भेद देखिए पनि उनीहरूले देखिने गरी विभेद गरेको थाहा पाइँदैन । मानिसमा भने
‘सत्यमेव जयते’

शम्भु श्रेष्ठ: प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ६ गते बुधबार संघीय संसदमा सम्बोधन गर्दै ‘सत्यमेव जयते’ शब्द उच्चारण गरेका छन् । मन्त्रिपरिषदको बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको नेपालको भू-भागलाई समेटेर नयाँ नक्सा पास गरेलगत्तै प्रधानमन्त्री ओलीले नेपालको भू-भाग फिर्ता लिएरै छाड्ने प्रतिवद्धता संसदमा दोहो-याएका छन् । संसदमा प्रधानमन्त्री ओलीले भने, ‘भारतको प्रतिक चिन्हमा चारतिर फर्किएका सिंहको आकृति छन् । त्यसको मुनि ‘सत्यमेव जयते’ लेखिएको छ । म यसपटक भारतलाई
‘यसकारण कालीनदीको शिर लिम्पियाधुरा नेपालको हो’

याम्बु । सीमाविद्का अनुसार ब्रिटिस सरकारले सन् १८१६ देखि १८५६ सम्म १२ वटा नक्सा र चीनले १९०३ र १९२१ मा बनाएका दुई वटा नक्सामा लिम्पियाधुरा नेपालकै भूभागका रूपमा रहेको थियो । सो नक्सामा कालीनदीको शिर लिम्पियाधुरा नै प्रस्ट थियो । भारतले कुवा र खोल्सा बनाएर कालीनदी भनेर अर्कै मानेको विषय नक्साबाट स्पष्ट हुने सीमाविद् हेमन्त सेढाईंको दाबी छ । ‘भारत आफैंले बनाएको नक्सामा लिम्पियाधुरा आसपास क्षेत्र विवादित भनेको छ ।
लकडाउनको सदुपयोग यसरी गर्न सकिन्छ – एनी तामाङ

– एनी तामाङ हरेक रातपछि बिहानी आउँछ । हरेक समस्यामा समाधान लुकेको हुन्छ । आशा गरौं अहिले विश्व महामारीको रुपमा रहेको कोरोना भाइरसको अन्त्य पनि चाँडै हुनेछ । सरकारले घोषणा गरेको लकडाउनको पालना गरौं । अहिलेको लागि शारीरिक रुपमा सामाजिक दुरी कायम राख्नु नै कोरोनाको संक्रमण फैलिनबाट रोक्ने उपाय ठहरिएको छ । तर यो लकडाउनको समय पट्यार लाग्दो छ । तनावपूर्ण छ । के गरेर समय बिताउने ? हामी मध्ये