तपाईं अहिले आर्थीक खबर सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
दुई कम्पनीको बुधवारदेखि आईपीओ निष्कासन

काठमाडौं – मध्य भोटेकोशि जलविद्युत कम्पनी र चौतारी लघुवित्त वित्तिय संस्थाले बुधवार (मङ्सिर १९) देखि आईपीओ निष्कासन गर्दैछन् । मध्य भोटेकोशि जलविद्युत कम्पनीले दोस्रो चरणमा २७ लाख कित्ता आईपीओ विक्रीमा ल्याउन लागेको हो । जसमध्ये संस्थापक सङ्गठित संस्थाका कर्मचारीको लागि २१ लाख कित्ता र ऋणदाता संस्थाका कर्मचारीको लागि ६ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले पहिलो चरणमा कर्मचारी सञ्चय कोषका कर्मचारीका लागि १ करोड १७ लाख कित्ता
घलेम्दी हाइड्रोपावरको १५ लाख ५५ हजार ७७० कित्ता शेयर बजारमा आउदै

काठमाडौं : घलेम्दी हाइड्रोपावर लिमिटेडले १५ लाख ५५ हजार ७७० कित्ता आइपीओ बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले स्थानीय बासिन्दाले नकिनेको ४ लाख ५५ हजार ७७० कित्ता सेयरसमेत थपेर सर्वसाधारणलाई १५ करोड ५५ लाख ७७ हजार रुपैयाँको आइपीओ बिक्री गर्न अनुमति पाएको हो । घलेम्दीले यसअघि असार २२ देखि साउन २२ गतेसम्म स्थानीयका लागि ५ लाख ५० हजार कित्ता आइपीओ निष्कासन गरेको थियो । जसमा ९४ हजार
जलविद्युत् कम्पनीको शेयर आउदै , कमजोर कम्पनीका सेयरबाट प्रतिफल मुस्किल

काठमाडौं । सेयरको मूल्यांकन गर्ने कम्पनी इक्रा नेपालले आँखु खोला जलविद्युत् कम्पनीलाई ‘ग्रेड’ पाँच दिएको छ । कम्पनीले यही साउन १७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका नागरिकलाई साधारण सेयर बिक्री गर्ने तयारी गरेको छ । गत बिहीबार मात्रै आँखुखोला जलविद्युत् कम्पनीले साधारण सेयर बिक्रीका लागि सार्वजनिक आह्वानपत्र प्रकाशित गरेको छ । इक्रा नेपालको रेटिङमा पाँचौँ नम्बर पाएको कम्पनीको वित्तीय अवस्था खराब छ भन्ने देखिन्छ । कम्पनीले धादिङमा सञ्चालित ८ दशमलव ४
दूध बेचेर मासिक १५ लाख आम्दानी

दूध बिक्री गरेर काभ्रेपलाञ्चोकका स्थानीयवासीले मासिक १५ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । रोशी गाउँपालिका–११ जुगेपानी पौवामा रहेको चिज उत्पादन केन्द्रमा स्थानीयले दूध बिक्री गरेर सो रकम आम्दानी गर्ने गरेका हुन् । छिमेकी गाउँका किसानले दूध बेच्न नपाए पनि आफूहरूले दूध बेचेर नुन तेलको जोहो गर्न सक्ने चिज केन्द्रले बनाएको स्थानीय मिना मगरले सुनाइन् । २०२७ सालमा साबिकको भिमखोरी गाविस–१ जुगेपानी पौवामा दुग्ध विकास संस्थान दुग्ध पदार्थ बिक्री वितरण
लाखौ रुपियाँ सहित ४ जना हुण्डी कारोबारी पक्राउ

२८ माघ, वीरगञ्ज । प्रहरीले अवैध हुण्डी कारोबारमा संलग्न ४ जनालाई रकमसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना भारतीय नागरिक समेत छन् । राजेश रौनियार, विनित अग्रवाल, मनोज पटेल र भारतीय नागरिक रक्सौलका रितेश गुप्तालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले ५६ लाख रुपैयाँ नगद, दुई बोरा कागजपत्रहरु, मोबाईल ६ थान बरामद गरेको छ । त्यस्तै विभिन्न व्यक्तिले दिएको २० लाख जतिको चेक समेत बरामद भएको
राष्ट्रिय बिमा संस्थानको ४२.११% बोनस प्रस्ताव

काठमाडौं : राष्ट्रिय बिमा संस्थानको साधारण सभा आज (कात्तिक १७ गते) दिउँसो २ बजेदेखि सुरु हुँदैछ । संस्थानको प्रधान कार्यालय रामशाहपथ, काठमाडौंमा सभा हुन लागेको हो कम्पनीले ४२.११% बोनस सेयर दिने प्रस्ताव पेस गर्दैछ । सरकारी स्वामित्वको यस संस्थानले बिमा समितिले तोकेको चुक्ता पुँजी पुर्याउन आकर्षक बोनस सेयर दिन थालेको हो । संस्थानले अझै धेरै आर्थिक वर्षको लेखापरीक्षण गर्न बाँकी छ । त्यसहिसाबले आर्थिक वर्ष २०६३÷६४ सम्म कायम १२ करोड
डलरको भाउमा ह्वात्तै बृद्धि

काठमाडौं, १९ असोज- यो साता अमेरिकी डलरको भाउ ह्वात्तै बढेको छ । नेपाल राष्ट्र बैकले बिहीबारका लागि एक अमेरिकी डलरको भाउ १०४ रुपैयाँ २९ पैसा तोकेको छ । साताको सुरुमा डलरको भाउ १०५ रुपैयाँ ११ पैसासम्म पुगेको थियो । लामो समयदेखि डलरको भाउ १०२ रुपैयाँको हाराहारीमा रहेको थियो । अमेरिकी डलरसँग नेपाली रुपैयाँको विनिमय दर भारुका आधारमा निर्धारण हुन्छ । १४ बर्षअघि सरकारले एक सय भारु बराबर एक सय ६०