लिम्बु जातिको संस्कार र संस्कृतीमा एकरुपता कायम गर्नको लागि राष्ट्रिय भेला हुँदै

विराटनगरःलिम्बु जाति भित्र संस्कार र संस्कृती मान्ने क्रममा एकरुपता नभएको भन्दै एकरुपता कायम गर्नका लागि लिम्बूहरुको राष्ट्रिय भेला गरिने भएको छ ।
चासोक तङ्नाम उधौली पूजा समितीले आज मोरङको सुन्दरदुलारीस्थित गछियामा पत्रकार सम्मेलन गरि आगामी भदौ २ गते सुन्दरदुलारीमा राष्ट्रिय भेला गर्ने जानकारी दिएको हो । लिम्बुहरुबीचमा नै जातिय संस्कार फरक पर्न थालेकाले वास्तविक संस्कृती लोप हुनसक्ने भन्दै लिम्बुहरुको वास्तविक पहिचानको खोजी गर्न राष्ट्रिय भेला गर्न लागिएको बताइएको छ ।
पूर्वका ९ जिल्लाका १७ थुम लिम्बु जातीका ६ सय ९९ थरहरु रहेको जानकारी दिंदै भेलामा तिनिहरुका वंशावलीका अध्यक्ष, थर प्रतिनिधि, विभिन्न जातिय संगठनका अध्यक्ष, पूर्वबाट प्रतिनिधित्व गर्ने लिम्बु सांसदहरु, लिम्बु डाक्टरहरु र भाषा विद्हरु उपस्थित हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
राष्ट्रिय भेला राजनितिक उद्देश्यले प्रेरित नभएर जातिय पहिचानलाई एकतावद्ध गर्ने उदेश्यका साथ आयोजना गरिएको चासोक तङ्नाम उधौली पूजा समितीका अध्यक्ष लिलत सरेङ चोङ्वाङले जानकारी दिनुभयो ।