हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

कतारबाट फर्केको २ घण्टामा श्रीमती हत्याको प्रयासपछि आत्महत्या, श्रीमती अस्पतालमा

अर्घाखाँची, साउन २० – कतारबाट घर आएको दुई घण्टामै अर्घाखाँचीको नुवाकोट गाविसका टेकबहादुर केसीले बाबु र श्रीमतीको हत्या गर्ने प्रयासपछि आत्महत्या गरेका छन् । कतारबाट आएको झण्डै दुई घण्टापछि उनले श्रीमती सिर्जना केसीको हत्या गर्न खोजेका थिए ।
नुवाकोट गाविस–२ करौदीका टेकबहादुर १० महिनामा कतारबाट घर फर्केका थिए । उनले घरमा आएलगत्तै श्रीमती २४ वर्षकी सिर्जनालाई धारिलो हतियारले हानेर मार्न खोजेका थिए ।

श्रीमतीको हत्या प्रयासपछि टेकबहादुरले घर नजिकै रहेको काभ्राको बोटमा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी निरिक्षक सुजनराज भण्डारीले बताउनु भयो ।

सिर्जनाको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार हुन नसकेपछि लुम्बिनी अञ्चल अस्पताल बुटबलमा लगिएको छ । उनको स्थिति सामान्य हुँदै गएको अस्पतालले जानकारी गराएको छ ।

उनीहरुको तीन वर्षकी एउटी छोरी छिन् । टेकबहादुर विदशबाट घर फर्किँदा घरमा वृद्ध ससुरा र आफू मात्रै रहेको सिर्जनाले बताउनुभएको छ । श्रीमानले केही काम छ भन्दै कोठामा लगेर आफूलाई मार्न खाजेको अस्पतालमा रहेकी सिर्जनाले बताउनुभएको छ । ‘टेकबहादुरले पहिला बाबुलाई घाटी थिचेर मार्ने प्रयास गरेका थिए । बुबा भाग्न सफल हुनुभयो । पछि मलाई बसुलाले हाने’ सिर्जनाले अस्पतालको बेडबाटै भन्नुभयो, ‘मैले रोक्न सके र बाचेँ ।’

सिर्जनाको टाउको र शरिरको पछाडी पट्टिको भागमा चोट लागेको छ, सिर्जना र उनका ससुरा चिच्च्यायर हार गुहार गरेपछि छिमेकी आइपुगेका थिए । टेकबहादुर त्यतिबेलै भागेर घर नजिकैको रुखमा पुगी झुण्डियर आत्महत्या गरेको स्थानीय बासिन्दाको भनाई छ ।
टेक बहादुरले बाबु र श्रीमतीको हत्या गर्ने योजना किन बनाएका थिए र आफै आत्महत्या किन गरे भन्ने बिषय उनको मृत्युसँगै गौण भएको छ । त्यस विषयमा अनुसन्धान गर्ने प्रहरी निरिक्षक सुजनराज भण्डारीले बताउनुभएको छ । @ प्रेम आचार्य/उज्यालो ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution