नमस्ते नेपाल हातेमालो सामाजिक संस्था इजरायल द्वारा तिजमा सांगेतिक कार्यक्रम गर्ने

नमस्ते नेपाल हातेमालो सामाजीक संस्था इजरायल शाखा द्वारा “मनोरन्ज्न,परोपकार र लगानीको क्षेत्र पहीचान, नमस्ते नेपाल हातेमालो सामाजीक संस्थाको अभियान” को मुल नारा सहित नेपाली चेलीहरूको महान पर्व हरितालिका तिज 2073 भव्यताको साथ मनाउने भएको छ |
सामाजिक कार्यमा तल्लीन यो संस्थालाई स्थाईत्व, दिगो र सदै भरी तपाई हाम्रो मांझ सामाजिक संस्थाको रुपमा स्थापित गराई राख्न यस संस्थाको आफ्नै केन्द्रीय सामाजिक भवन निमार्णाथ आर्थिक सहयॊगको निम्ती नेपाली चेलीहरूको महान पर्व हरितालिका तिज 2073 को अवसरमा नमस्ते नेपाल हातेमालॊ सामाजिक संस्था, इजरायल शाखाको प्रमुख आयॊजनामा र मातृभुमीका लागी पर्वत सेवा समाज, इजरायल सह-आयॊजना साथै बिभिन्न सहयॊगी संस्थाहरुको सहभागितामा नेपालका चर्चीत एंवम् ख्याति प्राप्त कलाकारहरु चर्चित लोक तथा दोहरी गायिका राधिका हमाल, राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानका भुपू अध्यक्ष एंवम लोक सम्राट प्रजापति पराजुली र चर्चित गायिका एंवम् नव प्रतिभा जानकी तारमी मगरको साथमा 2016 सेप्टेबर 2 तारीख साँझ 8 बजे देखि तेलअविव स्थित नमल-28 मा रहेको हलमा कार्यक्रम शुरु गर्ने भएको हो |
कार्यक्रम रेडीयो नमस्ते नेपाल र पाथीभरा अनलाईन रेडीयॊबाट प्रत्यक्ष प्रशारण गरीने भएको छ | यसैगरी ३ सेप्टेम्वर २०१६ (शनिबार) बिहान १० बजेबाट २ बजे सम्म लेवन्स्की पार्क तेलभिवमा सामुहिक रुपमा दर खाने कार्यक्रम कार्यक्रम समेत रहेको छ |सहयॊगी संस्थाहरु सहितको मुल ब्यानर साथै टिकट यथाशिघ्र प्रकाशन गर्ने संस्थाले जानकारी दिएको छ |
लेवन्स्की पार्क देखी कार्यक्रम स्थल नमल – २८ सम्म निशुल्क यातायत सेवा रहेको जनाएको छ |
तिज सम्बन्धित बिबिध मनोरंजनात्मक कार्यक्रम सहित तिज बिशेष कार्यक्रम मनाउन लागिएको हुँदा सम्पुर्ण संघ संस्था तथा बुद्धिजीवी, समाजसेवी, सन्चारकर्मी तथा सम्पुर्ण इजरायल बासि दाजुभाइ दिदिबहिनिहरु ऊक्त कार्यक्रममा सहभागी भई सहकार्य गरि कार्यक्रम सफल एबम मनोरन्जनात्मक बनाईदिनु हुन आयोजक संस्था द्वारा हार्दिक अनुरोध गरेको छ |