हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

तामाङ सेवा समाज बहराइन द्वारा अायोजित बृहत सास्कृतिक कार्यक्रम सब्य र भब्यरुपमा सम्पन्न –

baaaa

च्याङ्बा लामा मानामा , बहराईन

अगस्ट – १ , बहराइन  | तामाङ सेवा समाज बहराइनले नेपाली सांगीतिक साँझ  – २०१६  जुलाई २९ तारिख शुक्रबार भव्यताको साथ सम्पन्न  गरेको छ | संस्थाका अध्यक्ष श्रवण मिक्चनको  सभापतित्वमा भएको कार्यक्रममा बहराइन राजदुतको अथित्यमा सम्पन्न उक्त कार्यक्रममा बहराइनका विभिन्न संघ संस्थाका प्रतिनिधि लगायत पत्रकार, बुद्धिजीवीहरुको बाक्लो उपस्थिति रहेको थियो। चर्चित गायक राजु लामा ( मंगोलियन हर्ट ) को बेजोडको प्रस्तुति रहेको थियो भने बहराइन नेपाली तारा सागर राइको एल्बम बिमोचन साथै मिस नेपाली बहराइन २०१३ की प्रिया उप्रेती द्वारा अभिनित म्युजिक भिडियोको सार्बजानिक पनि गरेको थियो ।

बहराईन तामाङ सेवा समाजको पहिलो प्रस्तुति समेत रहेको यसम्युजिक  भिडीयोमा बिशेस भूमिका क्यारमेन हिम्लाल पाण्डे लगायत रेशम गौतम म्युजिक भिडियोका  कलाकारहरु मोडेल अनिल योन्जन र प्रिया उप्रेती , मेकअप , दिपा खुशी लामा ,सपोटर्स मिलन तामाङ , सोनाम दोङ ,दिपा खुशी लामा, निर्देशक , कबिन तामाङको रहेको छ |

बहराईन तामाङ सेवा समाजको पहिलो प्रयास रहेको म्युजिक भिडियो  गितको बोल पनि पहिलो माया नै रहेको थियो, साथै यस गितमा स्वर संस्थाका अध्यक्ष  श्रवण मिक्चनको सुमधुर स्वरमा रहेको छ। सुमधुर स्वरका धनि राजु लामा ‘मंगोलियन हर्ट’ जब “मेरो नेपाल मलाई लाग्छ प्यारो” गित गाउदै नेपालि झण्डा फहराउदै स्टेज प्रवेश गर्दा बहराइनको गर्मि माथिको तातो माहोल झनै तातेको थियो | लामाले हल्ला चलेछ, चर्चा चलेछ, मै बिदेश जादा, लाको माया लाईन नभन, भाई टिकामा भेट्नु आउनु,तिम्रो बाटोमा जस्ता चर्चित दर्जनौ गित गाएर दर्शकहरुलाई  भरपुर मनोरंजन दिलाउनु भएको थियो | छोटो, छरितो खिरिलो जीउडाल अनि मिठो मुस्कानको धनि राजु लामा जब मधुर मुस्कान सहित स्टेजमा प्रस्तुत हुन्थे तब “आइ लाभ यु राजु” भन्ने नेपालि चेलीहरुको चिल्लाहट पनि मज्जाले नै सुन्न पाईयो।

बहराइन नेपाली तारा २०१३ का सागर राइले आफ्ना नँया एल्बममा समाबेश रहेको केहि गीतहरुको साथै निमा रुम्बाको ‘प्रित बस्यो’ सुगम पोखरेलको ‘के हो यो माया हो’ जास्ता हाफ दर्जन जति गित गएर दर्शक हरुलाई भरपुर मनोरंजन दिलाउनु भएको थियो | अहिलेको अन्त्यन्तै चर्चित गित ‘दाइको रुमाल भाउजुलाई मन पर्यो’ पिरतीको छाता ओडाउला भन्ने गीतको प्रस्तुति अत्यन्तै बेजोडको थियो | दर्शकहरूले यी प्रस्तुतिहरुलाई अत्यन्तै मन पराएका थिए |

त्यसतै गरी डम्फुको डम डम तुङ्नाको धुन’ तिम्रो फिगर कोका कोला, यहि हो मेरो प्यारो नेपाल’ जस्ता गीतको प्रस्तुतिले पनि दर्शकहरुलाई  भर पुर मनोरंजन दिएको थियो ।  यसैगरी कार्यक्रममा बहराइनमा रहेर विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान दिने सफल व्यक्तित्वहरुलाई प्रशंसापत्र समेत प्रदान गरिएको थियो भने आमन्त्रित चर्चित गायक राजु लामा मंगोलियन हार्ट लाई  मायाको चिनो प्रदान समेत गरिएको थियो |

स्थानीय कलाकारहरुको पनि बेजोड प्रस्तुति रहेको थियो । कलाकारहरु :- बुद्ध मोक्तान पूर्ण लोप्चन कबिन तामाङ गुनाराज मगर प्रदीप देउजा अनु राना मगर कोपिला तामाङ पारु तामाङ सुनिता पाख्रिन श्रर्या गुरुङ निका लामा निशा लामा पबित्र श्रेष्ठ सम्झाना तामाङ बिन्दु बुढाथोकी लगायत सम्पुर्ण स्थानीय कलाकारहरुको धमेकादार प्रस्तुति रहयो । बिशेस गरि यो कार्यक्रमलाई सफल पार्नुमा मुख्य भूमिका बहराईन तामाङ सेवा समाजको नै थियो भने बहराईनबासी सम्पुर्ण संघ संस्था बुद्धिजीवी समाज सेवीहरुको साथ अनि सहयोग रहेको थियो ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution