इजरायलमा कार्यरत सहयोगी मनहरुको समाजद्वारा बाढिपिडितहरुलाई सहयोग वितरण

इजरायलमा कार्यरत सहयोगी मनहरुको सामाजिक संस्था सहयोगी मनहरुको समाज द्वारा बाढि पिडितहरुलाई सहयोग वितरण गरेको छ। केहि दिनको लगातार बर्षाले मोरंग हसन्दह गाबिस बडा न.३ र ५ मा बक्राहा खोलामा बाढि आएपछि गाउँ र धानवालीमा पसेर नदि किनारमा टहरा बनाइ बस्दै आएका मुसहर तथा सतार जातिका घर बगाइदिनुका साथै वरपरका हजारौ बिघा जग्गामा लगाइएको धानवाली नष्ट पारिनुका साथै उक्त बालीमा करीव २, ३ फीटसम्म अग्लो हुनेगरि बालुवा भरिएको छ।
बक्राहा खोलाले विस्थापित भएका मध्ये अति बिपन्न र पछाडिएको समुदायका मुसहर, सतार लगायतका ७० घर परिवारहरुका लागि समाजले प्रति घर परिवार १-१ भुइमा बिछ्याउने म्याट १-१ झुल बितरण लगाएत स्वस्थ्य चौकी को रोबरमा केहि अति आवासक औषधिहरु स्थानीय प्रसासन गा.वि.स , प्रहरी स्थानीय अमर सिंग उच्च मा.वि.,निजि बिद्यालय डनबोक्स, रेडक्रस लगाएत बुद्धिजिबी र राजनिक दलहरुको रोहबरमा वितरण गरेको हो।