हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

तामाङ सोसाइटी सिडनी द्वारा व्यवसायी र दिक्षित विद्यार्थीहरू सम्मानित

s1

सुलोचना थिङ तामाङ

अगस्ट १ – सिडनी । तामाङ सोसाइटी सिडनीले सिडनीको केन्टबरीमा अवस्थित हलमा अष्ट्रेलियाको विभिन्न विश्वविद्यालयबाट २०१० पछदिक्षित हुनु भएका तामाङ विद्यार्थीहरू र स्थानीय व्यवसायीहरूलाई सम्मान गरेको छ। सन्  २००९ मा स्थापित संस्थाले आफ्नो  पहिचानलाई  जीवन्त राख्दै तामाङ भाषा ,कला संस्कृति र  रिमठिमलाई  संरक्षण तथा सम्बर्द्धनको लागि विविध कार्यक्रमहरु  स्थापनाकाल  देखि नै गर्दै आईरहेको छ |

आयोजकका अनुसार विद्यार्थीहरूलाई बधाई दिने र व्यवसायीलाई प्रोत्साहित गर्ने भन्ने उदेश्यले आयोजना गरिएको कार्यक्रममा करिब २५ जना विद्यार्थीहरू र ६ जना व्यवसायीहरूलाई सम्मानित गरिएको थियो। कार्यक्रम अस्ट्रेलिया एनएसडब्यलुका लागि कन्सुलेट जनरल दीपक खडकाको प्रमुख आतिथ्य सम्पन्न भएको थियो। कार्यक्रममा अन्य अतिथिको रूपमा सञ्चारकर्मी सुलोचना थिङ र लेक्चचर डा. टेक तामाङको उपस्थिति रहेको थियो।

कार्यक्रममा सम्मानित हुने विद्यार्थीहरू तर्फबाट बोल्नु हुँदै संजय लामाले अष्ट्रेलियामा रहे पनि सबैले आफूले सकेको तहबाट नेपालको लागि पनि सोच्नु पर्ने र सकेको गर्नु पर्ने कुरा बताउनु भएको थियो भने तामाङ समाजका महासचिव किशोर तामाङले संस्थाको गतिविधिबारे प्रस्तुत गर्नु हुँदै सिडनीमा हुनु भएका सबै तामाङहरू संस्थामा आबद्ध हुनु हुन र मिलेर राम्रो काम गर्न आह्वान गर्नु भएको थियो। अतिथि थिङले तामाङहरूले आफ्नो मलिलो सांस्कृतिक प्रति गौरव गर्दै अब सबै मिलेर अगाडि बढ्नु पर्ने र आफू आफ्नो क्षेत्रबाट त्यसको लागि सदैव तयार रहेको कुरा राख्नु भएको थियो।

सम्मानित व्यवसायीहरूको तर्फबाट मन्तव्य राख्नु हुँदै निमा बम्जनले व्यवसाय गर्न आँट, सीप र लगनशीलता को प्रयोग गरेर लाग्नु पर्ने र सफलता हासिल गर्न सकिने कुरा राख्नु हुँदै व्यवसाय सुरु गर्ने अवधिको आरोह र अवरोहका अनुभूतिहरू राख्नु भएको थियो। साथै कार्यक्रममा संस्थाका सल्लाहकार गणेश तामाङ र सेन्ट्रल कुइन्सल्याण्ड विश्वविद्यालयका लेक्चचर डा. टेक तामाङ ले पनि आफ्नो धारणा र अनुभवहरू राख्नु भएको थियो।

कार्यक्रमका प्रमुख अधिति खडकाले सम्मान गर्ने कार्य निकै सराहनीय रहेको र नेपालको विकास हुन सबैको विकास हुनु पर्ने र फूलबारीको सबै फुल सप्रिए मात्र बगैँचा नै सुन्दर हुने अन्यथा राम्रो नदेखिने भन्दै सबै मिलेर नेपाल विकासको लागि लाग्नु पर्ने आवश्यकता औँल्याउनु भएको थियो।

कार्यक्रमको आफ्नो धारणा राख्नु हुँदै संस्थाका अध्यक्ष अरुण तामाङले तामाङहरूको भाषा, संस्कृतिको विकासको लागि सबै जना लागि पर्नु पर्ने समय आएको र पुराना कुरालाई पनि आत्मसाथ गर्दै तामाङ जाति र राष्ट्र विकासको लागि एकतावद्द हुनु पर्ने धारणा राख्नु भएको थियो।
कार्यक्रमको अन्तमा सम्मानित हुनेहरूको सम्मानमा रात्रि भोजको आयोजना गरिएको थियो।

भविष्यमा पनि यस्ता नबिन कार्यहरूलाई निरन्तरता दिँदै जाने जानकारी संस्थाका प्रतिनिधिहरूले गराउनु भएको थियो। कार्यक्रमको उद्घोषण प्रवीण तामाङ र सरस्वती तामाङले गर्नु भएको थियो।

s

s1

s3

s4

s5

s6






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution