हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

हजारौं गोविन्द केसी जन्माउनुपर्छः संयोजक भट्टराई

baburam5दाङ। नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले जनताले दुःख पाइरहेको बेला पुराना राजनीतिक दलहरु सत्ताको निम्ति पुरानै झगडामा लागेको बताएका छन् ।

नयाँ शक्ति नेपाल प्रदेश नं. ५ ले आइतबार दाङमा आयोजना गरेको राष्ट्रिय भेला भाव सम्प्रेषण कार्यक्रममा उनले भने, “यति धेरै बलिदानीबाट देशमा गणतन्त्र आयो, नयाँ संविधान बन्यो तर पनि जनताले आफ्नो जीवनमा परिवर्तन महसुस गर्न सकेका छैनन्, गरिबी र बेरोजगारी उस्तै छ ।”

नयाँ शक्तिले यही बुझेर पुरानो तरिकाले नहुने निष्कर्ष निकाल्दै नयाँ बाटो रोजेका उनको तर्क थियो । नयाँ शक्तिलाई जिउँदो माछाको संज्ञा दिँदै उनले भने, ‘इतिहासको आवश्यकता अनुसार चाहेको दिशामा जिउँदो माछाले जस्तो पौडिने अभ्यास गरिरहेका छौं । पुराना दलहरुझैं मरेको माछाजस्तै पुरानै पानीको बहावमा बग्नुको अब कुनै अर्थ छैन ।’
संयोजक भट्टराईले पार्टीभित्र हजारौं गोविन्द केसी जन्मिनुपर्ने धारणा राखे । “एकजना गोविन्द केसीले अनशन गरेर भ्रष्टाचार रोक्न गाह्रो हुन्छ,” उनले भने, ‘नयाँ शक्तिले पार्टीभित्र हजारौं गोविन्द केसी जन्माउनुपर्छ ।’

नयाँ शक्तिलाई भ्रष्टाचार विरोधीको पहिचान दिन पार्टीले विशेष व्यवस्थाहरु गरेको उनले स्पष्ट पारे । “हामीले सदाचार आयोग बनाएका छौं त्यसले पार्टीभित्र सदाचारलाई प्रवद्र्धनात्मक काम गर्छ,” उनले भने ‘अर्को अनुशासन आयोग छ, त्यसले अनुशासन तोड्नेलाई कारवाही गर्छ ।” उनले नयाँ अभ्यासको रुपमा नयाँ शक्तिले शक्तिशाली लोकपालको व्यवस्था गरेको जानकारी दिए । “पार्टी बाहिर गडबडी गर्नेलाई कारवाही गर्दै अनियमितता रोक्न स्वतन्त्र मानिसहरुको लोकपालको व्यवस्था विधानमै गरेका छौं,” उनले भने । @ बाह्रखरी |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution