माओवादी केन्द्रमा अर्थमन्त्री कस्लाई बनाउने भन्नेमा विबाद उत्पन्न

काठमाडौं । राष्ट्रपति विद्यादेबी भण्डारीले सहमतिमा नयाँ सरकार गठन गर्न गरेको आह्बानको समय सकिनै लाग्दा अर्थमन्त्री कस्लाई बनाउने भन्ने विषयमा दल भित्रै चर्को विबाद उत्पन्न भएको छ ।
देशको मुल ढुकुटीको साँचो आफ्नो हातमा रहने र अर्थमन्त्रालयसंग अनुनय विनय गरेर रकम माग गर्नुे पर्ने व्यवस्था भएका कारण महत्वपूर्ण मन्त्रालयको सूचीमा सो मन्त्रालय परेकाले काँग्रेस– माओबादी केन्द्र नेतृत्व सरकार गठन गर्न कठिनाई उत्पन्न भएको छ ।
माओवादी केन्द्रले पार्टी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा बन्ने सरकारमा नयाँ अनुहारका नेताहरुलाई मन्त्री बनाउने तयारी गरि रहेको अबस्थामा अधिकांश मन्त्रीहरु भने केपी ओली नेतृत्व सरकारमा सहभागी भएका अनुहारनै अर्थमन्त्रीमा दावि गरेपछि सो पार्टीभित्र द्वन्द्व चर्किदै गएको छ ।
सुरुमा अर्थमन्त्रीमा कृष्णबहादुर महरालाई नियुक्ती गरिने चर्चा चलेको भएपनि पछिल्लो समयमा महराको बिकल्पमा नयाँ अर्थमन्त्रीको खोजी भएपछि द्वन्द्व चर्किदै गएको हो ।
ओली सरकारमा सहभागी धेरै मन्त्रीहरु यसपटक पनि दोहोरिन चाहेका कारण तोकिएको समयसिमाभित्र नयाँ सरकार गठन नहुने पक्का भएको छ । तर, सो पार्टी अध्यक्ष दाहाल र अन्य नेताहरुले मौका नपाएको भन्दै पुरानालाई नदो¥हाउने पक्षमा रहेका छन् ।
सो अडानलाई पार्टीका प्रभाबशाली नेताहरुले नै योग्य र अनुभबीलाई मन्त्रीमा पठाउनु पर्ने भन्दै दबाब दिएपछि माओबादी केन्द्रका अध्यक्ष दाहाल तनाबमा परेका छन् । माओवादी हेडक्वार्टरको बिहीबार बसेको बैठकमा पनि मन्त्री छनौटका लागि मापदण्ड बनाइएको छ तर मन्त्रीमा को को पठाउने भन्ने बारे अझै कुनै टुंगो लगाउन असफल भएको छ ।
सो बैठकमा अर्थमन्त्रीमा सरकार गठनमा भूमिका खेलेका कृष्णबहादुर महरा नै उपयुक्त रहेको एक समुहले दाबी गरेका छन् । अर्को पक्षले महरालाई उपप्रधानमन्त्रीको मात्र हैसियतमा पठाउन र अर्थमन्त्रीमा अरुलाई नियुक्ती गर्न माग गरेका छन् ।
स्रोतका अनुसार पछिल्लो समयमा ओली सरकारको नेतृत्वमा शिक्षामन्त्री बनेका गिरिराजमणि पोखरेललाई अर्थमन्त्री बनाउनुपर्ने भन्दै अध्यक्ष दाहाललाई दवाब दिदै आएका छन् तीव्रखबरमा खबर छ ।
ओली सरकारमा गएका ८ मन्त्रीमध्ये शिक्षामन्त्रीका रुपमा पोखरेलले निकै राम्रो काम गरेको भन्दै उनलाई अर्थमन्त्रीमा नियुक्ती गरेर पार्टीलाई सक्षम बनाउनु पर्ने माग माओवादीभित्र रहेको छ । माओबादी केन्द्रमा अर्थमन्त्रीका लागि महराभन्दा पोखरेल योग्य रहेको तर्क केही नेताहरुले गरेका छन् ।
यता भने अर्थमन्त्री नदिने हो भने दाहाल नेतृत्वको सरकारमा पोखरेल नजाने पक्का भएको छ । यसैक्रममा महरा उपप्रधानमन्त्रीको हैसियतमा मन्त्री बन्ने भएपछि मन्त्रीको सूचीबाट रातारात टोपबहादुर रायमाझीको नाम समेत सूचीबाट हटाइएको छ ।
रायमाझी ओली सरकारमा उपप्रधान तथा उर्जामन्त्री भएर कार्यभार सम्हालेका थिए । एउटै पार्टीबाट दुईजना उपप्रधानमन्त्री नहुने भएकाले रायमाझी मन्त्री मात्र नबन्ने भनेपछि उनको नाम सूचीबाट हटाइएको हो ।
रोशन कार्की /न्यूजअभियान