सुगन्धका लागि शरिरमा छर्कने पर्फ्युमका ५ बेफाइदा

घरबाट निक्लने बेलामा हरेक दिन पर्फ्युम प्रयोग गर्ने चलन बढ्दो छ । यदि यसो हो भने सतर्क रहनुपर्छ । दिनहुँ प्रयोग गर्ने पफर््युम या डिओडरेन्टले तपाईंको छाला र स्वास्थ्यलाई बिगार्न सक्छ ।
थाहा पाउनुस् पफर््युमका ५ बेफाइदा :
१. दिनहुँ प्रयोग गरिने पर्फ्युम या डिओडरेन्टमा हानिकारक रसायन हुन्छ, जसले तपाईंको छालामा जलन पैदा गर्न सक्छ, जसले छालालाई नराम्ररी क्षतिग्रस्त गर्न सक्छ । यसले छालामा बिबिराहरु उत्पन्न गराउन सक्छ ।
२. यिनमा हुने न्युरोटक्सिनले केन्द्रीय तन्त्रिका तन्त्रलाई प्रभावित गर्नसक्छ । यतिमात्र नभई कयौंपटक छालामा घाउ या अनौठो प्रकारको चिन्ह पनि बन्न सक्छ, जसमा ब्याक्टेरिया हुन सक्छ ।
३. पर्फ्युम या डिओडरेन्टले हर्मोनमा पनि असन्तुलन ल्याउन सक्छ । यसबाट स्वास्थ्यमा असर पर्नेमात्र नभई सौन्दर्यमा पनि असर पर्न पनि सक्छ । यसका अलावा महिलामा महिनावारीसम्बन्धी समस्यालाई पनि जन्म दिन सक्छ ।
४. केही पर्फ्युम या डिओडरेन्टले पसिनालाई पनि रोक्ने कार्य गर्छ । पसिना ननिक्लने हो भने शरीरबाट हानिकारक तत्व बाहिर निस्कन सक्दैन र स्वास्थ्यमा असर पर्छ ।
५. यसमा हुने तत्वले अल्जाइमर पनि उत्पन्न गर्न सक्छ । यसका अलावा श्वासम्बन्धी समस्या पैदा गर्न यसका रसायन सहायक साबित हुन सक्छन् । अत्यधिक तिखो गन्ध भएका कारण यसले नाकको तन्तुलाई पनि क्षतिग्रस्त गर्न सक्छ ।