नेपालीहरुलाई भारतीयले घाइते बनाउदा समेत मधेसी नेताहरु किन चुपचाप: घाइतेको प्रश्न

साउन १६- सप्तरी तिलाठीमा भारतीय पक्षले बिहीबार राती सुटुक्क बाँध बनाउन खोजेपछि नेपाली पक्षले भत्काएको थियो । बाँध भत्काएसँगै भारतीय पक्षले तिलाठी निवासी पूर्व जिविस सदस्य सहित एक दर्जन नेपालीलाई कुटपिट गरेका थिए ।
कुटपिटबाट घाइते भएका यादवलाई थपउपचारका लागि काठमाडौंका युवाहरुले राजधानी झिकाएर अस्पताल भर्ना गरेका छन् । यादव सच्चा देशभक्त भएको भन्दै काठमाडौंका बासिन्दाले यादवलाई खादा ओढाएर विशेष सम्मान समेत गरेका छन् । तर मधेसका मसिहा भन्न रुचाउने मधेसबादी नेताहरु तिलाठीबासीले कुटिदासमेत एक शब्दपनि चुइक्क नबोल्नुलाई तराईबासीले आक्रोशित भएका छन् ।
मधेसबादी दलका नेताहरुलाई भोट दिएर जिताएको जनताको समस्या भन्दापनि भारतसँगको सम्बन्धकै चिन्ता बढी देखिएको आक्रोस मधेसका जनताहरुमा देखिन थालेको छ । आफ्ना जनप्रतिनिधिले तिलाठी लगायतका मधेसका समस्याहरु सही स्थानमा सही तरिकाले उठाउन नसक्दाको परिणाम तिलाठीमा देखापरेको उनीहरु बताउँछन् ।
यत्रो दुखद् घटना भइसक्दा पनि शीर्षस्थ मधेसी नेताहरु मौन बसेको प्रति समेत गुनासो गर्छन मधेसका नेपालीहरु ।
तिलाठीस्थित दशगजा क्षेत्रमा भारतीयसँगको झडपमा दर्जन बढी नेपालीहरु घाइते भइसक्दासमेत कुनै पनि मधेशसी दलका ठूला नेताहरुको तर्फबाट कुनै पनि प्रतिक्रिया नआएकोप्रति घाइतेहरुसमेत छुब्द छन्।
“उनीहरु हाम्रो नेता हुन वा भारतको”, भारतीयको आक्रमणमा घाइते भएका देवनारायणले प्रश्न गरे,” सीमा क्षेत्रमा मधेसी कुटिँदा, डुवानमा पर्दा जस्ता बेला एक थान प्रेस विज्ञप्तिसम्म निकाल्ने आट नगर्नुलाई के भन्नु?”