हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

स्कुलमा ब्रा नलगाउने अभियान, असहज हुन्छ भने मेरो स्तन नहेर !

bra
अमेरिकास्थित मोनटानामा रहेको हेलेना हाइस्कुलकी एक छात्रा हाल विश्वभर चर्चा कमाइरहेकी छिन् । स्कुलमा ब्रा नलगाउने अभियान चलाएपछि उनी र उनको अभियानले विश्वभर चर्चा पाइरहेको छ । स्तनहरुलाई खुल्ला छोड्नुपर्छ र ब्रालेस भएर हिड्न पाउनुपर्छ भन्दै उनले अभियान चलाएकी थिइन् ।

काइटलिन जुभिक नाम गरेकी किशोरीलगायत उनको समुहमा रहेका साथीहरुले स्कुल गएको कुनै दिन पनि ब्रा लगाएनन् । अरुलाई आकर्षण गर्न भन्दा पनि कक्षा कोठामा सजिलो भएर बस्नका लागि उनी तथा उनका साथीहरुले ब्रा नलगाउने गरेका थिए ।

‘नो ब्रा डे’को अभियान आयोजना गरेकी कइटलिन जुभिकले लेखेको ब्लगको भावनुदित अंशः

हेलेन हाईस्कुलमा मेरो चौथो पिरेडको कक्षा सकिएपछि म खाजा खानका लागि साथीहरुसँग जादैं थिए । त्यत्तिकैमा मलाई मेरो हाइस्कुलको सह—प्रध्यापकले हलवेमा रोक्नुभयो । उहाँले सोध्नुभयो,‘आज तिमीले केही बिर्सिए जस्तो छ ।’ उहाँले केही नबुझिने पारामा थप्दै भन्नुभयो,‘तिमीले लगाएको अनुपयुक्त पहिरनबारे कुरा गर्न आवश्यक छ ।’

मैले प्रतिउत्तरमा भने, ‘छैन ।’ तर म भम्रित भएकी थिए । ‘तिमीले ब्रा लगाएकी छौं ?’ उनले सोधिन् ‘छैन’ मैले जवाफ फर्काए ।

‘ठीक छ, तिमीले तिम्रा स्तनहरु छोप्नुपर्छ वा ब्रा लगाउनुपर्छ । यहाँ धेरै पुरुष शिक्षकहरु र विद्यार्थीहरु रहेका छन् । तिम्रो यस्तो हर्कतले उनीहरुलाई असहज महसुस हुन्छ । उनीहरु त्यो देख्न चाहदैनन् ।’

मैले आफू अपमानित भएको महसुस गरे । मैले सबै नियम उल्लघन गरेको महसुस गरे । तर, यसो सोचे मैले स्तनहरु देखाउँदै हिडेकी थिइन् । उहाँले मलाई सोझै तिमीले ब्रा लगाएकी छैनौ भनेर सोध्न पनि सक्नुहुन्थ्यो त? म झुक्दा पनि उहाँले केही देखेर भन्न पनि सक्नुहुन्थ्यो र उहाँले केही पनि देख्नु भएन?

उहाँले सोचेको जस्तो मान्छे म थिइन । ब्रा नलगाउने निर्णय मेरो थियो । मलाई ब्रा नलगाउँदा निकै सहज महसुस हुन्छ । मेरो कतिपय साथीहरुले कहिल्यै ब्रा लगाउँदैनन पनि । म सह—प्रध्यापकको प्रतिक्रियाले क्षतविच्छेत भएकी थिए । त्यही भएर मैले भने ‘मैले दायाँ र अगाडि केही राखेकी छु ।’

तर पछि मैले ह्याण्डबुकमा हेरे । मैले ब्राका बारेमा खासै केही देखिन शिवाय ‘ब्रा स्ट्राप’ देखाउन पाइने छैन । त्यो मेरो लागि कुनै समस्या थिएन । यो कुरा मैले स्न्यापच्याटमा पोष्ट गरे । हजारौं मानिसहरुले मलाई सम्पर्क गरे । सबैजना पागल थिए । एकजना मेरो साथीले टेक्ट गर्दै जति सक्दो चाँडो ‘नो ब्रा डे’ आयोजना गर्न सुझाव दिइन् ।

हामीलाई धेरैजना मानिसहरुले सहयोग गरे । यो सहज पनि थियो । हामी सबैले ब्रा नलगाई स्कुल जाने योजना ग¥यौ । हामी कसैलाई हानी गर्न चाहान्थेनौ । हामी प्रशासनलाई निराश बनाउन चाहान्थेनौ । यो योजना हाम्रो लागि थियो । यो सबै कुरा लैंगिक समानता तनथा मानिसहरुलाई महिलाको शरीरलाई यौन वस्तुको रुपमा नहेर्नका लागि पाठ पढाउनु थियो । हामी केटाहरुलाई सहज अवस्था कसरी बनाउन सक्छौ भनेर सोध्ने पनि गथ्र्यौ ।

यदि मेरो स्तनहरुले तिमीलाई असहज बनाइरहेको छ भने स्तनहरुमा किन हेर्छौ? केटीहरुलाई ब्रा बिना कसरी सहज रुपमा हिड्न सकिन्छ भनेर देखाउन र असहज वातावरणलाई सहज बनाउनु थियो । मैले यो कसैको आकर्षण खिच्न गरेको होइन । मैले सोचेकी थिइन यो विषय यति ठुलो बन्ला भनेर ।

२७ मे मा हामी ब्रा नलगाई स्कुल गयौ । धेरै शिक्षकहरु र विद्यार्थीहरुले यसबारे टिकाटिप्पणी गरिरहेका थिए । मलाई त्यो दिन प्रिन्सिपलको कक्षमा चार पटक लगियो । एउटा मिटिङमा त प्रिन्सिपलले मानिसहरुलाई पढ्न असहज बनाउने र यो विषय हात बाहिर जाने भन्दै फेसबुक पेज हटाउन समेत भने । म चरम निराश भइसकेकी थिए । उनी त्यस्ता व्यक्ति थिए जसले मेरो पढ्ने ध्यानलाई अन्तै मोडिरहेका थिए, हाम्रो क्लास अर्कोतर्फ चलिरहेको थियो । यसकारण कि हामीले ब्रा लगाएका छैनौ । मैले भन्ने कोसिस गरे कि हामी आफै यस विषयमा अगाडि उभिएका हौ र यसो भनिरहन मेरो पूर्ण वाक स्वतन्त्रता छ ।

म बाहिर रुदै कराउँदै निस्किए । म पागल नै भएकी थिए । मेरो एकजना साथीले स्थानीय पत्रिका स्टेशनले यसबारे इच्छा देखाएको र बोल्न चाहेको बताइन् । म त्यसबखत निकै दुःखित थिए । मैले सोचेः किन नगर्ने? हेलेनामा एक पटक समाचार आयो, त्यसपछि फेसबुक हुँदै विभिन्न स्टेशनबाट प्रकाशित भयो । त्यसपछि यो त ‘भाइरल’ नै बन्यो । मलाई युके, फ्रान्स तथा भारतबाट धेरै मानिसहरुले सम्पर्क गरे ।

म बारे व्यापक टिकाटिप्पणी समेत भए । केही मानिसहरुले मेसेज गर्दै ‘आत्महत्या गर’, ‘तँ ठूलो वेश्या होस्’, ‘तेरो स्तन हेर्न कोही पनि चाहदैंन’ भने । केहीले त तँ अरुको आकर्षण गर्न खोजेकी मात्र होस् समेत भने । मेरो सुन्दर मोटो छाला रहेको छ । तर, उनीहरुको कमेन्टबारे मैले चासो दिन छोडिसकेकी थिए । यो सबै लाज समाप्तिको अन्त्य थियो । यो केटीहरुमा प्रयोग हुने डबल स्टाण्र्डको अन्त्य थियो । यो मबाट सुरु भएको थियो । तर यो मेरो बारेमा मात्र भने थिएन । यो सबै महिलाहरु जो आफ्नो शरीरको सहजताका लागि ब्रा नलगाइ हिड्नेहरुका लागि थियो ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution