हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

आङकाजी शेर्पाले बुझाएको राजिनामा पत्र अस्वीकृत , शेर्पा द्वारा पार्टीको जिम्मेवारी बहन गर्ने प्रतिबद्धता

kaji

काठमाडौं, साउन १६ । संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य आङकाजी शेर्पाले बुझाएको राजिनामा पत्र अस्वीकृत भएको दुई दिनपछि शेर्पाले पार्टीको पूर्णकालीन सदस्यकै रूपमा पार्टीले दिएको जिम्मेवारी बहन गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले जनाएको प्रतिबद्धतामा भनिएको छ — “पार्टीलाई देशकै उत्कृष्ट पार्टी बनाउन आफ्नो मानो खाएर र आफ्नो छानोमुनि बसेर पूर्णकालीन सदस्यकै रूपमा पार्टीले दिएको जिम्मेवारी बहन गर्ने प्रतिबद्धता जाहेर गर्दछु ।”

आफ्नो पार्टीको सर्वाेपरि हितलाई आत्मसात गर्दै र लाखौ शुभचिन्तकको सुझावलाई सम्मान गर्दै राजीनामाको विषय टुङग्याएको कुरा पनि यसमा प्रस्ट पारेका छन् ।

उनले राजीनामालाई सार्वजनिक सन्जालमा राख्नु उचित नभएको भन्ने पार्टीको कुरालाई आत्मसात पनि गरेका छन् । उनले भनेका छन् — “पार्टीले मेरो राजीनामा अस्वीकृत गरेको छ र मैले उठाएका सवालहरूलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ ।”

राजीनामा दिएपश्चात् व्यक्तिगत रुपमा सम्पर्क गरेर र सामाजिक सञ्जालमा उनलाई पार्टीका विभिन्न कार्यकर्ता एवं जनजाति आन्दोलनका शुभचिन्तकहरुले सुझाव दिएका छन् । तीमध्ये उनलाई धेरैले “आङकाजीले पार्टी छोडन हुन्न, पार्टीले पनि आङकाजीलाई छोडनु हुन्न, पार्टीको सुधारका लागि आङकाजीले उठाएका सवालहरूलाई सम्बोधन गर्नुपर्छ, तथा पार्टीका आन्तरिक बिषय राजिनामालाई सामाजिक सन्जालमा राख्नु उचित भएन भन्ने कुरो आङकाजीले आत्मसात गर्नुपर्छ र पुन: यस्तो कार्य नदोहोराउने प्रतिबद्धता जाहेर गर्नुपर्छ” भनेर सुझाव दिएका थिए ।

यसअघि १४ गते पार्टीका महासचिव रामसहाय प्रसाद यादवले उनलाई पत्रमार्फत उनको राजीनामा अध्यक्षबाट अस्वीकृत भएको र उनले उठाएका सवालहरुप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको व्यहोरा समेत जानकारीको लागि अनुरोध गरेको थियो ।

उनको निर्णयलाई केही जनजाति अभियन्ताले परिपक्व निर्णय भनेका छन् । समाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै जनजाति आन्दोलनका अभियन्ता बालकृष्ण माबुहाङले भनेका छन्—”हुन त तपाईंको पार्टीको न म नेता, न कार्यकर्ता; तर जनजाति, मधेसी वृत्तमा पार्टी बनाउने, छोड्ने, फर्कने, तर्कने, चर्कने, सर्किने प्रवृत्ति हेर्दा अझै कच्चापन देखिन्छ। तपाईंको यो निर्णय परिपक्व छ । राजनीतिक पार्टीको जीवन हुन्छ । तपाईंको पार्टीले एउटा महाधिवेशनसम्म गरेको छैन ! अहिले नै असन्तुष्टि दर्ज गर्ने, व्यक्त गर्ने बेला भएको छैन कि भन्ने मेरो धारणा हो ।”

@esamat






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution