हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

बुहारीको हत्या गर्ने सासु र छोरा पक्राउ

 साउन १६ गते । श्रीमती हत्याको अभियोगमा पर्सा प्रहरीले श्रीमान् र सासूलाई पक्राउ गरेको छ । पर्साको भेडियाही–९ गदियानी टोल निवासी रमावती देवीको हत्याको अभियोगमा उनका श्रीमान् परमा मण्डल र सासू गदनीदेवी मण्डललाई पक्राउ गरेको हो ।

बीस वर्षीया श्रीमती रमावती देवीको शव घर नजिकै रहेको नागेश्वर साह तेलीको खेतमा गाडेको अवस्थामा शुक्रबार साँझ बरामद भएपछि श्रीमान् मण्डल र सासू गदनी देवीलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक होबेन्द्र बोगटीले जानकारी दिनुभयो ।

रमावती देवीको हत्या गरी ससुराली पक्ष फरार भएको प्रहरीलाई सूचना प्राप्त भएपछि प्राप्त सूचनाका आधारमा तेलीको खेतमा गाडिएको शव खनी बरामद गरेपछि भारतीय गाउँ सेनवरीमा लुकी बसेका श्रीमान् र सासूलाई स्थानीयवासीको सहयोगमा शुक्रबार पक्राउ गरी ल्याइएको डिएसपी बोगटीले बताउनुभयो ।

रमावती देवीको शव वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा परीक्षण गराइएको प्रहरीले बताएको छ ।

रमावती देवीलाई विष सेवन गराई हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । पक्राउ परेको श्रीमान् र सासूलाई इलाका प्रहरी कार्यालय पोखरियामा राखी अनुसन्धान भइरहेको छ । रासस






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution