आरजू राणालाई परराष्ट्र मन्त्री बनाउन लबिङ

१४ साउन, काठमाडौं । कांग्रेसका केही नेता-कार्यकर्ताले प्रचण्ड नेतृत्वको सरकारमा आरजू राणा (देउवा) लाई परराष्ट्र मन्त्री बनाउन लबिङ थालेका छन् । देउवा निकट नेता कार्यकर्ताले आरजूलाई मन्त्री बनाउन दबाव दिएका हुन् ।
उनीहरुले बिमलेन्द्र निधी र रमेश लेखकलाई भेटेर अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याती कमाएकी र सक्षम महिला भन्दै आरजूलाई आउँदो क्याबिनेटमा समेट्नुर्पे माग गरेका हुन् ।
देउवा प्रधानमन्त्री बनेका बेला आरजू मन्त्री बन्दा बिरोध आउने भन्दै यसै सरकारमा उनको नाम समेट्न आरजू निकट केही सांसदले आग्रह गरेको स्रोतले जनाएको छ ।
देउवाले कांग्रेसमा लामो समयसम्म कोइराला परिवारको परिवारवाद बिरुद्ध लडेकाले पत्नीलाई मन्त्री बनाउन उनी हच्किएको स्रोतले बतायो । सक्षम हुँदाहुँदै आरजूलाई मन्त्री बनाउन चासो नदिएको देखिएकाले आफूहरुले पार्टीमा उनका लागि लबिङ गर्नुपरेको नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले बताए ।
आरजू ०६४ र ०७० को निर्वाचनमा दुईपटक कांग्रेसबाट समानुपातिक सांसद भइसकेकी छन् । उनलाई अर्को निर्वाचनमा बर्दियाबाट प्रत्यक्षतर्फबाट उम्मेदवार बनाउने तयारी रहेको सिग्देलले बताए । सो क्षेत्रमा उनकी आमा प्रतिभा राणाले राप्रपाको राजनीति गरिरहेकी छन् ।
यद्यपि आरजूलाई परराष्ट्रमन्त्रीका लागि कार्यकर्ताहरुले लविङ गरे पनि कांग्रेसभित्र डा. शेखर कोइराला परराष्ट्रमन्त्रीका अर्का दाबेदार हुन् । @ अनलाइनखबर |