तामाङ घेदुङ कुवेतबाट मिर्गौला पीडित चन्द्र तामाङलाई आर्थिक सहयोग प्रदान

याम्बु -नेपाल तामाङ घेदुङ कुवेतले मिर्गौला पीडित चन्द्र तामाङलाई आर्थिक सहयोग प्रदान गरेको छ । आफ्ना सदस्य तामाङको उपचारको लागि सहयोग गर्ने उद्देश्यले कुवेत घेदुङले आर्थिक सहयोग गरेको हो । सहयोग रकम आज (असार १३ गते) नेपाल तामाङ घेदुङ केन्द्रको कार्यालय पुतलीसडकमा बिरामी चन्द्र तामाङलाई हस्तान्तरण गरिएको थियो ।
नेपाल तामाङ घेदुङका केन्द्रीय उपाध्यक्ष सीता गोले, अन्तर्राष्ट्रिय तामाङ परिषद्का सचिव प्रतीक ङेसुर तामाङ, घेदुङ केन्द्रका सचिव रामकृष्ण ब्लोन र कुवेत घेदुङका महासचिव सुरेश ग्याबाले कुवेतबाट सङ्कलन भइ आएको १ लाख ८० हजार रुपैयाँ संयुक्त रूपमा हस्तान्तरण गरेका थिए ।
रकम हस्तान्तरण कार्यक्रममा घेदुङका महासचिव बाबु घिसिङ, सचिव सन्चु ब्लोन तामाङ, संस्कृति घेदुङका महासचिव छेवाङ तेन्जी लामाको पनि उपस्थिति थियो ।
रोजगारीका सिलसिलामा कुवेतमा कार्यरत चन्द्र तामाङ ३ महिनाअघि बिदामा नेपाल आएका बेला पत्थरीको उपचारका लागि अस्पताल पुगी चेक गर्दा उनको मिर्गौला समेत खराबी भएको चिकित्सकले बताएका थिए । उनको राजधानीको सिभिल अस्पताल नयाँ बानेश्वरमा उपचार भइरहेको छ । काभ्रे जिल्ला चापाखोरी निवासी तामाङको उपचारमा हालसम्ममा ६ लाखभन्दा बढी खर्च भइसकेको छ ।
Pratik Ngesur tamang @ Facebook