हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

प्लाष्टिक उद्योगको गोदामबाट सयौँ किलो लागूऔषध बरामद

laagu
काठमाडौं— संघाई गु्रप अन्र्तगत रहेको प्लाष्टिक उद्योगको गोदामबाट सयौं किलोग्राम लागुऔषध बनाउन प्रयोग हुने कच्चा पर्दाथ फेला परेको छ। प्रहरीले विशेष सूचनाका आधारमा लुकाएर राखेको अवस्थामा चारसय ७१ किलोग्राम लागुऔषध बरामद गरेको हो।

लागूऔषध नियन्त्रण ब्युरोको टोलीले पाटन औद्योगिक क्षेत्रमा रहेको संघई प्लाष्टिक इन्डष्ट्रिज प्रालिको गोदाममा एकै प्रकारका ९ सय ५२ डिब्बामा लुकाई राखेको अवस्थामा लागुऔषध बनाउन प्रयोग हुने कच्चा पर्दाथ बरामद गरेको हो। घटनामा काठमाडौं कमलपोखरीमा रहेको आर्य फार्मा ल्याब प्रालिमा कामगर्ने भारतीय नागरिक दिलिप पण्डित पक्राउ परेका छन्।
ब्युरोका डिआईजी जयबहादुर चन्दले घटनाका विषयमा थप अनुसन्धान भै रहेकाले केही बोल्न मानेन्। उनले अनुसन्धानमा रहेको बिषयमा नबोल्ने बताए। ब्युरो उच्च स्रोतका अनुसार औषधी बनाउन भन्दै भित्रिएको कच्चा पर्दाथ तस्करी प्रयोजनका लागि गोदाममा राखिएको हो। ब्युरोको टोलीले लागूऔषधका सम्बन्धमा केही सूचना पाएपछि गरेको छापामा ठूलो परिमाणमा लागूऔषध बनाउन प्रयोग हुने कच्चा पर्दाथ फेला पारेको थियो।

ब्युरोले बुधबार संघाइको पाटनस्थित उद्योगको गोदाममा छापा मारेर पण्डितलाई पक्राउ गरेपछि विहिबार रातीसम्म उनकै सुचनाका आधारमा विभिन्न स्थानमा छापा मारिरहेको छ। ब्युरोले घटना गोप्य राखेर अनुसन्धान गरेपछि प्रहरी प्रधान कार्यालयले छोटकरी विवरण नियमित प्रेस बिज्ञप्तीमा राखेपछि बाहिर आएको हो। ब्युरोको अधिकारी घटनाका सम्बन्धमा आईतबार पत्रकार सम्मेलनगरि सार्वजनिक गर्ने योजनामा छन्।
यसअघि केन्द्रीय अनुसन्धान ब्युरोले २०७० कार्तिक ६ गते तीनजना चिनियाँ नागरिकलाई यस्तै प्रकारको लागुऔषध सहित पक्राउ गरेको थियो।

ब्युरोले विमानस्थल नजिकबाट २४ वटा प्योकटमा रहेको अवस्थामा १५ किलोग्राम लागुऔषध बरामद गरेको हो । हङकङ लैजान तयारी अवस्थामा रहेको उक्त लागुऔषध सहित पक्राउ परेका तीनैजनालाई काठमाडौं जिल्ला अदालतले धरौटीमा छाडने निर्णय गरेको थियो । अदालतको निर्णयपछि तीनैजना सोही दिन हङकङ उडेका थिए।

अदालतका तत्कालिन अतिरिक्त न्यायाधीश मोहम्द जुनैद आजादँले गरेको निर्णयले चिनियाँ नागरिक याङ चेङक्वान, याङ मोचाङ र झेङ जु मिन चिन पुगेका हुन्। चिनको फुजीआनका नागरिक तीनैजना लामो समयदेखि हङकङमा बसेर लागूऔषध कारोबारमा सक्रिय रहेको अनुसन्धानमा खुलेको थियो। नागरिक न्युजबाट






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution