अष्ट्रलिया पठाइदिने भन्दै ठगी गर्ने कन्सल्टेन्सी संचालक पक्राउ

काठमाडौं । रोजगारीका लागि अष्ट्रेलिया पठाइदिन्छु भन्दै ठगी गर्ने कन्सल्टेन्सी संचालकलाई प्रहरीले पक्राउ गरेको छ । अष्ट्रेलिया पठाईदिने भन्दै विभिन्न ब्यक्तीसँग लाखौ ठगी गरेको उजुरीका आधारमा प्रहरीले काउले नुवाकोटका बिनोद अधिकारीलाई पक्राउ गरेको हो ।
कन्सलटेन्सीले विभिन्न ब्यक्तिबाट अष्ट्रेलिया पु¥याईदिने भन्दै करिब २० लाख ठगी गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका अधिकारीले २०६९ सालदेखी गैरकानुनी रुपमा युरो फाउण्डेशन कन्सल्टेन्सी संचालन गर्दै आएको प्रहरीले जनाएको छ । कन्सल्टेन्सीका अन्य संचालकहरु मलेसिया र दुवईमा रहेकाले उनीहरुको पक्राउका लागि सम्बन्धित देशको प्रहरीलाई आग्रह गरिने प्रहरीले जनाएको छ ।