हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

बाढी पहिरोका कारण मुलुकभर ६६ को मृत्यु, १५ बेपत्ता

flood

काठमाडौँ-गृह मन्त्रालयले केही दिनदेखि परेको अबिरल वर्षाका कारण आएको बाढी र पहिरोबाट अहिलेसम्म मुलुकभर ६६ को मृत्यु, ३१ घाइते र १५ जना बेपत्ता भएको जनाएको छ । मन्त्रालयका अनुसार पहिरोका कारण ७६ वटा घर पूर्णरुपमा र दुई वटा घरमा आंशिक रुपमा क्षति पुगेको छ ।

प्यूठानमा ३१, गुल्मीमा सात, बाग्लुङमा छ, पाल्पा र रोल्पामा चार÷चार, मकवानपुरमा तीन, अर्घाखाँचीमा दुई, झापामा दुई, रुपन्देहीमा दुई र काठमाडौँ, दोलखा, सर्लाही, पर्वत र उदयपुरमा एक÷एक जनाको मृत्यु भएको छ ।

प्राकृतिक विपद्मै परेर गुल्मीमा नौ, पर्वतमा आठ, प्युठानमा तीन, बाँकेमा तीन, काठमाडौँमा दुई र सुनसरी, बाग्लुङ, दोलखा, अर्घाखाँची, सिन्धुपाल्चोक र रुपन्देहीमा एक÷एकजना घाइते भएका छन् ।

यसैगरी, प्यूठानमा पाँच, अर्घाखाँचीमा दुई, गुल्मीमा दुई र सुनसरी, सप्तरी, झापा, दाङ, कास्की र कपिलवस्तुमा एक÷एक जना बेपत्ता भएको मन्त्रालयले जनाएको छ ।

घटनाको जानकारी आउनासाथ सुरक्षा निकायका इकाई र जिल्ला सदरमुकामबाट समेत प्रभावित क्षेत्रमा उद्धार टोली परिचालन गरिएको मन्त्रालयले जानकारी दिउको छ । पहिरोमा परी घाइते भएकी बाग्लुङ राजकुट गाविस–७ की गर्भवती सुशीला तामाङलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी त्रिवि शिक्षण अस्पताल पु¥याइएको थियो ।

डुबानबाट प्रभावित र जोखिममा रहेको बाँकेका राप्ती नदीे तटीय क्षेत्रका ५०६ जना व्यक्तिलाई नेपाली सेनाको हेलिकप्टर र ३९३ जनालाई डुङ्गाबाट उद्धार गरी सुरक्षित स्थान सारिएको र सुनसरीका ३८५ परिवारलाई राहत वितरण गरिएको मन्त्रालयले जनाएको छ ।

मनसुन पूर्वतयारी कार्ययोजनाअनुरुप तत्काल खोज, उद्धार र राहत वितरण गर्न सक्ने गरी तयारी अवस्थामा रहन स्थानीय प्रशासनलाई निर्देशन दिइसकिएको पनि मन्त्रालयले जानकारी दिएको छ । रासस






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution