हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

संघीय समाजवादी पार्टीबाट राजीनाम दिए पछि आङकाजी शेर्पा संगको अन्तर्वार्ता

kaji

पार्टी नेतृत्व नश्लवाद, व्यक्तिवाद र फरियावादमा फस्यो : आङकाजी शेर्पा

जातिय पहिचानको चर्को वकालत गर्ने नेता आङकाजी शेर्पाले पहिचानकै पक्षमा लडिरहेको आफ्नो संघीय समाजवादी पार्टीमा नै समानुपातिक समावेशी प्रतिनिधित्व नभएको भन्दै राजीनामा दिए । पार्टीमा ‘जातिवाद, व्यक्तिवाद र फरियावाद’ हाबी भएको उनको दाबी छ । पार्टीका केन्द्रीय समिति सदस्य एंव प्रवास संगठन नेपाली संघीय समाज (नेसोफो) केन्द्रीय समितिको इन्चार्ज समेत रहेका शेर्पाले क्रियाशिल सदस्य समेत नहरहने गरी राजीनामा बुझाए । केहीदिन अघिसम्म पार्टीको दैनिक गतिबिधिमा सक्रिय शेर्पाले राजीनामा दिएपछि संघीय समाजवादी फोरमभित्र खैलाबैला नै मच्चिएको छ । किन दिए त उनले राजिनामा ? मंगलबार राती  शेर्पासँग गरेको कुराकानी:

संघीय समाजवादी फोरमबाट एकाएक राजीनामा दिनुभयो नी ?
यो एक्कासी वा एकाएक लिएको निर्णय होइन । मैले कुनै हताश वा आवेगमा आएर गरेको निर्णय पनि होइन । मैले सोच विचार गरीकन लिएको निर्णय हो । मैले मेरा आफ्ना कुराहरु पटक–पटक पार्टी नेतृत्वसँग राख्दा पनि त्यसको कार्यान्वयन र सम्बोधन नभएपछि राजीनामा दिएको हुँ ।

तपाई त समाजवादी फोरमको दैनिक गतिबिधिमा निकै सक्रिय देखिनुहुन्थ्यो, राजीनामा नै दिनु पर्ने अवस्था कसरी आयो ?

यो पार्टी जुन उद्देश्यबाट बनेको छ, जुन उद्देश्य प्राप्तीको लागि लडिरहेको छ, उसको संरचनामा त्यस्तो भएन । नेतृत्वको चिन्तन र कार्यशैली पनि त्यस्तो देखिएन । पहिचान, समानुपातिक समावेशिताको मुद्दा उठाइरहेको पार्टीको संरचनामा नै त्यो नदेखिनु दुःखत कुरा हो । पार्टीले समावेशितालाई आत्मसात गरेन ।

यो बिषयमा हामीले बारम्बार पार्टी नेतृत्वको ध्यानाकर्षित गरेका हौं । सुझाव दिएका थियौं । तर, सुनुवाई भएन । यसकै कारण रिजवान अन्सारी, विरबहादुर लामा लगायतका नेताहरुले पार्टी छोडनु पर्ने अवस्था आयो । पार्टी नेतृत्व नश्लवाद, फरियावाद र जातिवादमा फस्यो । मेरो राजीनामा पार्टी विरूद्ध होईन । मेरो राजीनामा त्यही नातावाद कृपावाद, असमावेशी र स्वेच्छाचारी निर्णय विरूद्धको आन्दोलन हो ।

पार्टी नश्लवाद, व्यक्तिवाद र फरियावादमा फस्यो भन्नुभयो, राजीनामा पत्रमा पनि त्यही भन्नुभएको छ, अलि ठोस रुपले भनीदिनु न यो भनेको के हो ?

पहिलो नम्बर पार्टीको संरचना केन्द्रीय समिति, पोलटव्युरो, पदाधिकारी लगायत केन्द्रीय निकाय र विभागहरुमा समानुपातिक र समावेशी संरचना भएन । दोस्रो पार्टीको नेतृत्वले क्रियाशिल पार्टी नेता र कार्यकर्तालाई भन्दा आफनो वरिपरी घुम्ने नेताहरुलाई अवसर दिए ।

यस कारण पार्टी संगठन कमजोर हुदैछ । आन्दोलनभन्दा पनि व्यक्तिगत स्वार्थका लागि लाग्नेहरु हाबी हुदैछ । यसले पार्टीलाई गम्भीर क्षति भयो । हुनेवाला छ । जातिय विभेदको अन्त्यका लागि संघीयता, वर्गीय विभेद अन्त्यका लागि समाजवाद र राज्यको सबै अंगहरूमा समावेशी समानुपातिक प्रधिनिधित्व हो । यसलाई हात्तिको देखाउने दाँतको रूपमा मात्र प्रयोग भएमा पार्टी समाप्त हुन्छ ।

नश्लवादको बिरोधमा जन्मेको भनिएको पार्टीको नेतृत्व नै कसरी नश्लवादी भए त ?

मेरो चिन्ता यही हो । यो पार्टी अहिले पनि नेपालको सबैभन्दा उत्कृष्ट पार्टी हो । तर, यसको नेतृत्वमा पुरानै प्रवृत्ति दोहोरियो । नेताहरुको पुरानो शैली र चिन्तन छोड्न सकेनन् ।

भर्खरै केन्द्रीय समितिको बैठकपछि राजीनामा आयो, बैठकको कुनै निर्णयप्रति असहमति हो की ?

सन्दर्भ केन्द्रीय समितिको मात्रै होइन । मैले यसअघिदेखी नै नेताहरुको ध्यानाकर्षित गरेको हुँ । यो पार्टी जातिय र वर्गिय मुत्तीको लागि जन्मेको पार्टी हो । जातिय मुत्तीको लागि संघीयता, समानुपातिक समावेशिता हुनुपर्छ । सबै जाति, वर्ग र क्षेत्रको समानुपातिक प्रतिनिधित्व हुनुपर्छ । तर यी कुरा पार्टीमा भएन । यो बैठकले पनि त्यो सम्बोधन गर्न सकेन ।

यो तपाईको पार्टी परित्याग नै हो की राजीनामा मात्रै ?

होइन यो परित्याग नै हो । क्रियाशिल सदस्य समेतबाट राजीनामा दिएपछि त परित्याग नै हो नी ।

यदि तपाईले उठाएका बिषयहरु सम्बोधन भए अब पार्टीमा फर्किने सम्भावना छ या छैन ?

केवल मेरो मात्रै सम्बोधन हुदैमा म फर्किन्न । मैले मेरो पदको लागि यो गरिरहेको छैन । सम्पूर्ण पार्टीको संरचनामा समानुपातिक प्रतिनिधित्व गरिनुपर्छ । सबै पार्टीका नेताहरुको कार्यशैली र चिन्तनमा आमुल परिवर्तन गर्नुपर्छ । आउनुपर्छ । असुन्तष्ट सबै साथीहरुलाई सम्मानजनक हिसाबले काम गर्ने वाताबरण भए । सोच्न सकिन्छ । तर, फेरि भन्छु यो मेरो मात्रै सवाल होइन ।

कतिपयले डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा जानलाई राजीनामा दिएका हुन् भनेर टिप्पणी गरेका छन् नी, त्यस्तै हो ?

बाबुरामको पार्टीमा जाने हल्लामा कुनै सत्यता छैन । बाबुरामको पार्टीको सिद्धान्तसँग मेरो गोरु बेचेको साइनो पनि छैन । मैले अघि पनि भने यो पार्टी सबैभन्दा उत्कृष्ट पार्टी हो । मैले उठाएका बिषयहरु सम्बोधन भए सुनमाथि सुगन्ध हुने थियो । पार्टीको उद्देश्य ठिक छ । संरचना त्यस अनुसार भएन । नेतृत्वको सोच, चिन्तन र कार्यशैली बेठिक छ । त्यसलाई परितर्वन सकिए राम्रो हुन्छ ।

आज राजीनमा दिएपछि पार्टीका नेताहरु उपेन्द्र यादव, अशोक राईहरुले केही भन्नुभएको छैन त ?

पार्टीका धेरै नेताहरुले बसौं भन्नुभएको छ । धेरै कार्यकर्ताहरुले फोन गरेर हामी पनि साथ दिन्छौं तर पार्टी नछोडनुहोस् भन्नुभएको छ । मैले नेताहरुलाई बसौं । म छलफल गर्न तयार छु भनेको छु ।

तपाई त पहिचानको चर्को कुरा गर्ने नेता पहिचानवादी भनिएको दलको नेतृत्वलाई नै जातिवादको आरोप लगाउदै राजीनामा लेख्दा कस्तो अनुभुती भयो ?

म आजसम्म जति पनि अभियान र आन्दोलनमा लागेँ । उत्पीडित समुदायको पहिचानको लागि लागे । इमानदारिताको साथ लागे । यो राजीनामा पनि एउटा आन्दोलन नै हो । पार्टी र नेतृत्वलाई सच्चाउँने अभियान र आन्दोलन नै हो । नेताहरुको चरित्रलाई सच्चाउँने आन्दोलन हो ।

अब के गर्नुहुन्छ त ?

आदिवासी, मधेसी, शिल्पी, खस, मुस्लीमको पहिचान र अधिकारको लागि लड्ने अभियान्ता र अधिकारकर्मीको रूपमा लडिरहनेछु । एक मुठी साश रहेसम्म पहिचानको लागि लड्छु । पहिचानको लागि लड्न मलाई कुनै अपौचारिक पद नै चाहिन्न । पद पनि आन्दोलन र अभियानलाई उतिकै दृढताको साथ लैजान तयार भएको छु । @ नयाँ पेज /११ साउन २०७३ बेलुका लिएको अन्तर्वार्ता |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution