हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

तामाङ कम्यूनिटी फोटो ग्यालरी बारे जानकारी

१५

-सुजन मोक्तान तामाङ

बहुदलीय प्रजातन्त्रको प्रादुर्भाव पश्चात जातीय संघ-संस्था खोल्न पाउँने र सक्ने अनुकूल वातावरण बन्न थाले लगातै जातीय संघ-संस्था खोलेर समाजको हीतलाई प्राथमिकतामा राखेर आ -आफ्नै ढंगले दर्ता गर्ने होडबाजी नै चल्नथाल्यो । २४० बर्ष सम्म मौलिक हक,हित र अधिकारको प्रयोग गर्न नपाएकाहरुले स्वतन्त्रता महशुस भएपछी सामाजिक संघ-संस्था खोलेर जाति बिशेष समुदायको हकहित र अधिकारको लागि एकता,सदभाव,सत्प्रेम,समन्वय,सुसम्बन्ध र उत्तरोतर प्रगतिको लागि नेतृत्वमा पुर्याउन जे जसरि प्रयास गरे,ज्यादै प्रशंसानीय र उत्कृष्ट नै रह्यो ।
फलत: आज हामीले जे जति फल र प्रतिफल पाएका छौं, यी सबै अग्रजहरुले प्रयोग मात्र गरेर हेरेको थियो भन्दा अत्युक्ति नहोला । किनभने बहुदलीय प्रजातन्त्र भन्दा अघि एकात्मकवादी शासकहरु बाहेक अर्को कुनै पनि समुदायकाहरुले न त प्रयोग गर्न पाएका थिए न त महशूस नै गर्ने मौका पाएका थिए।

त्यसैले आफ्नो जाति बिशेष समुदायको परिणामहरु अझै आउन बाँकी होलान् । अब आउन सक्ने सकारात्मक परिणामहरुलाई प्रमाणित गर्नको लागि च्याउसरी उम्रिसकेका,र उम्रिरहेका जाति बिशेष समुदायको माझमा २१औं शताब्दीको प्राबिधिक युगलाई आत्मसात गरि ग्लोबल सामाजिक संजाल लगायत अन्य प्राबिधिक माध्यम मार्फत विश्वभर छरिएर रहेका सम्पूर्ण तामाङहरुलाई भातृत्वभाव कायम गर्न,तामाङहरुको हकहित र अधिकारको लागि तथा मौलिक धर्म संस्कार-संस्कृतिको लागि एकताको शूत्रमा बाँधेर अनन्तकालतक आदर्शमय समाज निर्माण गर्नको लागि सिर्जित पृथक सृजना हो “तामाङ कम्यूनिटी फोटो ग्यालरी (Tamang Community Photo gallery)” ।

हाम्रो पूर्खाहरुले प्रतिकुल समयको बाबजुद पनि हाम्रो मौलिक धर्म-संस्कार-संस्कृति,भाषा,रहन-सहन उपहार स्वरूप हामीलाई छाडेर गएका छन् । यो हाम्रो सम्पति हो,सम्पदा हो ,हाम्रो पहिचान हो भने हाम्रो पुर्खाले आर्जेको ईज्जत,प्रतिष्ठा हाम्रो गौरव हो । मिलनसारिता,सहयोगी भावना,भातृत्व र बिरता हाम्रो बिशेषता हो । यी पुर्खेउली बिशेषता अनि छाडेर गएको उपहारहरुलाई संरक्षण ,सम्बर्द्धन र प्रवर्द्धन गर्नु आफ्नो दायित्व सम्झेर, यसलाई निरन्तरता दिदै ग्लोबल सामाजिक सञ्जाल मार्फत विश्वभर छरिएर रहेका सम्पूर्ण तामाङहरुलाई भातृत्वभाव कायम गर्न,तामाङहरुको हकहित र अधिकारको लागि तथा मौलिक धर्म संस्कार-संस्कृतिको लागि जनचेतना फैलाउने, जानकारि दिने र लिने “तामाङ कम्यूनिटी फोटो ग्यालरी “Tamang Community Photo gallery)” । को गुरु योजना हो ।

आज भन्दा लगभग झण्डै २८ महिना अगाडि बाट सुजन मोक्तान तामाङको एकल प्रयासबाट स्थापित पेज आज सम्म आईपुग्दा देश तथा बिदेशमा निकै प्रसंसा बटुल्न सफल भएको छ भने आजको दिन सम्म आईपुग्दा पेस पेजको संञ्चलान सदस्यहरु पनि ठूलै संख्यमा रहेको छ । जुन सदस्यहरु नेपाल लगात बिभिन्न देशमा रहेको छ । र पछिल्लो समय अझ तामाङ पहिचान र संस्कृतिलाई चलायमान बनाउने उद्देश्यले तामाङ कम्युनिटि फोटो ग्यालरिले च्याङ्बा र मैच्याङको अंकित टिर्स पनि बजारमा ल्याएको छौ जुन टिर्सटे छोटो समयमै देश तथा बिदेशमा रहनु भएका तामाङहरुको मन जित्न सफल भएको छौ । आगामि दिनहरु प्नि हामी यसरि नै ग्लोबल सामाजिक सञ्जाल मार्फत तामाङहरुको धर्म, सास्कृति र पहिचान जोगाउन सदैब लागि पर्नेछौ ।

११

१२

१३

१५






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution