कतारमा चर्चित कलाकारको साथमा डम्फु साँझ कार्यक्रम हुँदै

नेपाल प्रबासी तामाङ समाज कतारको आयोजनामा बृहत साँस्कृतिक कार्यक्रम “डम्फू साँझ – २०१६” कतारको दोह स्थित गल्फ पाराडाइज होटेल जैद बृज नजिकै १२ सेप्टेम्बर २०१६ बकर इद को दोस्रो दिन बिहान १० बजे देखि शुरु हुने भएको छ |
नेपालबाट आमन्त्रित अतिथि कलाकारहरु चर्चित सेलो गायक रोज मोक्तान तामाङ, तामाङ फिल्म क्षेत्रका चर्चित खलनायक बिकु थोकर तामाङ , चर्चित सेलो तथा म्हेन्दोमाया गायिका टीका माया चोथेन तामाङ , तामाङ फिल्म क्षेत्रका चर्चित नायिका निशा तामाङ र स्थानीय नेपाली कलाकारहरुमा आफ्नो छुट्टै पहिचान बनाई सक्नुभएका नेपालको पहिलो तामाङ र्याप गायक उत्तर लामा तामाङ(सङ्गुल) सेलो गायक योङ स्टार SB मोक्तान तामाङ (सुन्दर ) सेलो गायक सुक मान मोक्तान (कुमार ओख्रेली) र सेलो तथा म्हेन्दोमाया गायक शिशिर तामाङको साथै अन्य दर्जनौ कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजक संस्थाले जनाएको छ |
कार्यक्रमलाई सब्य र भब्य रूपमा सफल पार्नको लागि कतारबासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई उपस्थितिको लागि नेपाल प्रबासी तामाङ समाज दोहा कतार परिवारले सबैलाई चुलो निम्त्तोका साथ हार्दिक निमन्त्रणा गरेको छ |साथै टिकट धमाधम बिक्री भईरहेको हुनाले आफ्नो सिट सुरक्षित गर्नको लागि समेत हार्दिक अनुरोध गरेको छ |
सम्पर्क ब्याक्तिहरु
१.कार्यक्रम संयोजक उत्तर लामा -३३२९४४८३)
२.कार्यक्रम सह-संयोजक – धेरेन तामाङ
३.तिर्थ थिङ तामाङ – ७०३१७७३३)
४.तेज मोक्तान तामाङ – ७७२७०५९१)
५.कमल योन्जन तामाङ – ५०३१८४९३)
६. नर बहादुर घिसिङ तामाङ
श्रोत:नेपाल प्रबासी तामाङ समाज कतारको फेसबुक मार्फत |