संघीय समाजवादी फोरमबाट आङकाजी शेर्पा राजीनाम दिंदै बाहिरिए

११ साउन, काठमाडौं । संघीय समाजवादी फोरम पार्टीबाट आङकाजी शेर्पा राजीनाम दिंदै बाहिरिएको जानकारी वहाँले सामाजिक संजाल फेसबुक मार्फत सार्वजनिक गरेको छ |
आङकाजी शेर्पाले पार्टी अध्यक्षलाई सम्बोधन गर्दै राजीनामा पत्र लेखेका छन् र पत्रमा पार्टी केन्द्रीय सदस्य, नेफोसो केन्द्रीय सम्पर्क समितिको इन्चार्ज र क्रियाशील सदस्यबाट राजीनामा दिएको उल्लेख छ ।
पार्टीद्वारा परिभाषित जिम्मेवारी बहनभन्दा व्यक्तिगत स्वार्थ दोहन गर्ने र पहिचानको आन्दोलनमा अहोरात्र लाग्नेलाई भन्दा ठूलाठूला नेताका घरघरमा धाउनेहरुलाई बढी अवसर दिइएको र समावेशी प्रतिनिधित्वमा नातावाद र नश्लवाद हावी भएकाले पार्टी परित्याग गरेको शेर्पाले बताएका छन् ।
शेर्पाले वर्गीय उत्पीडनमा परेकाहरुको मुक्तीका लागि शरीरमा एक थोपा रगत र एक मुठी सास रहेसम्म संघर्ष गरिरहने बताएका छन् ।
असन्तुष्टिको कारणहरु पढ्नुहोस् ……