हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

प्रतिभाशाली युवा राजन गुरुङलाई उच्च शिक्षा अध्ययनका लागि आर्थिक सहयोग प्रदान


गिता राना मगर, पोखरा ९ साउन । प्रतिभाशाली युवा राजन गुरुङको अध्ययनलाई सघाउ पु¥याउनका लागी विभिन्न ब्याक्तिहरुले आर्थिक सहयोग रकम जुटाउने क्रम सुरु भएको छ । पर्वत घर भइ आफ्नो विभिन्न रोबट, तथा सेन्सर बाट उड्ने ड्रोन निर्माण गर्ने राजन गुरुङको उच्च शिक्षा अध्ययनका लागी नेपाल संगै विभिन्न देशमा रहेका सामाजिक ब्याक्तित्वहरुले आर्थिक सहयोग रकम जुटाउने क्रम सुरु गरेका हुन ।

१० कक्षा पढेर आर्थिक अभावका कारण उच्च शिक्षाबाट बञ्चित गुरुङलाई सहयोग रकम जुटाएर पहिलो चरणमा १ लाख ३९ हजार ३ सय ५९ रुपैया हस्तान्तरण गरिएको छ । आइतबार तमुमै ताँ डटकमको आयोजनामा उक्त रकम राजन गुरुङलाई हस्तान्तरण गरिएको हो । आइतबार एक कार्यक्रमका बीच सामाजिक अभियनता सरिता गुरुङबाट संकलित ७८ हजार दुई सय ५० , तमु समाज ओमनबाट ५० हजार १ सय ११, मिलन फाउण्डेशनका संस्थापक मिलन गुरुङबाट ६ हजार र ट्रिनिटी एजुकेशन फाउण्डेशनका संस्थापक डि.बी. गुरुङले ५ हजार रुपैया राजन गुरुङलाई प्रदान गरिएको हो । उक्त कार्यक्रममा सामाजिक अभियनता सरिता गुरुङ, तमु समाज ओमनका प्रतिनिधी पदम गुरुङ, मिलन फाउण्डेशनका संस्थापक मिलन गुरुङ र ट्रिनिटी एजुकेशन फाउण्डेशनका सञ्चालक डि बी गुरुङले राजनको उच्च शिक्षाको लागी सहयोग स्वरुप सहयोग रकम हस्तान्तरण गरेका हुन ।

रकम हस्तान्तरण समारोहमा वोल्दै सामाजिक अभियनता सरिता गुरुङले राजनको प्रतिभालाई कदर गर्दै उनको उच्च शिक्षाको सहयोगार्थ सहयोग रकम जुटाएको वताइन । त्यस्तै तमु समाज ओमनका प्रतिनीधी पदम गुरुङले बैदेशिक रोजगारको शिलशिलामा प्रतिभावान युवा राजनको बारेमा विदेशमानै धेरै कुराहरु थाहा पाएको र उनको प्रतिभालाई कदर गर्दै उसको उच्च शिक्षामा सहयोग होस भनेर आफुहरुले आर्थिक सहयोग गरेको वताए । त्यस्तै मिलन फाउण्डेशनका सञ्चालक मिलन गुरुङले एउटा साधारण गाउले युवाले आफ्नो कला र प्रतिभालाई प्रस्फुटन गर्दै अगाडी वढिरहदा आर्थिक अभावका कारण उच्च शिक्षा हासिल गर्न नसक्नु दुखद पक्ष रहेको वताउदै आगामी दिनहरुमा पनि उनको उच्च शिक्षा अध्ययनका लागी आफ्नो सस्थाबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे । सो अवसरमा वोल्दै ट्रिनिटी एजुकेशन फाउण्डेशनका सञ्चालक डिबी गुरुङले राजन जस्ता युवालाई राज्यले हेर्नुपर्नेमा जोड दिए ।

उक्त अवसरमा वोल्दै तमुमै ताँ डटकमका सञ्चालक युग बहादुर गुरुङले आफुले कामकै शिलशिलामा राजन गुरुङलाई चिनेको र उनको घरपरिवारको आर्थिक अवस्था अतिनै दयनिय रहेकाले उनको प्रतिभा र कलालाई प्रस्फुटन गर्दै उनलाई उच्च शिक्षा अध्ययनका लागी सहयोग स्वरुप विभिन्न ब्याक्ति तथा संघ सस्थाहरु संग सहकार्य भइरहेको वताए । @ पिसपोखरा |

राजन गुरुङका  प्रतिभाहरु (भिडियो)






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution