हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

बिद्यार्थी भिसामा अमेरिका जानेले आफ्नो श्रीमान/श्रीमती वा बच्चालाई संगै लैजान प्रोसेस कसरि गर्ने ?

d usa
बिद्यार्थी भिसामा अमेरिका जानेले आफ्नो श्रीमान/श्रीमती वा बच्चालाइ संगै लैजान प्रोसेस कसरि गर्ने ?

यसरी  आफै गर्नुहोस प्रोसेस

पढ्नको लागि अमेरिका आउँदा अमेरिकन एम्बेसीले बिद्यार्थीलाई दिने भिसालाइ F1 VISA भनिन्छ। बिद्यार्थी भिसामा जान चाहने बिद्यार्थीको श्रीमान वा श्रीमती (अनि २१ बर्ष भन्दा कम उमेरको बच्चा) लाइ पनि संगै लैजान सकिने प्राबधान छ। यसरि संगै जानेलाइ दिने भिसालाइ F2 VISA भनिन्छ। जसलाई बोलिचालीमा हामीहरु Dependent भिसा भनेर बुझ्छौं। F1/F2 को बारेमा जान्नु पर्ने अर्को महत्वपूर्ण कुरा भनेको Dependent (F2) लाइ काम गर्ने र “पार्ट-टाइम” मनोरन्जनात्मक/ब्यबसायिक बिषय बाहेक स्कुलमा पढ्नेअनुमति हुदैन। F2 भिसा भएको व्यक्ति F1 भिसा holder अमेरिका बसुन्जेल बस्न पाइन्छ। यसबीचमा Travel मा कुनै रोकतोक हुदैन।

F1 संग-संगै F2 भिसाको प्रोसेस कसरि गर्ने ?

F1 VISA को लागि apply गर्नेले शुरुमै (VISA को लागी निबेदन दिने र interview Date लिने पछि हो), University को भर्नाको लागि Admission Application भर्ने बेलामै, Dependent को बारेमा सोधेको जानकारी नछुटाई लेख्ने। प्राय Application मा Dependent को नाम, जन्म मिति, र विद्यार्थी भिसामा जानेवाला संगको नाता के हो भनेर सोधेको हुन्छ (हेर्नुस तस्बिरमा उदाहरण)।

Admission Application मै बर्ष भरिको (वा एक semester को) पढ्न, खान र बस्न लगायत को जरुरि खर्च को अनुमानित रकम पनि उल्लेख गरिएको हुन्छ। कति university ले dependent सहितको खर्च भनेर प्रस्टै खुलाएर पनि लेखेका हुन्छन। महत्वपूर्ण कुरा के हो भने, तपाइले Application संगै हालसालैको Bank (balance) Statement with transaction पनि university लाइ पठाउनु पर्छ। तपाइले पठाउने Bank Statement मा कम्तिमा पनि Application मा उल्लेख गरेको खर्च पुग्ने bank balance हुनु जरुरि छ।

Bank Statement त्यसको नाममा हुनु पर्दछ जसले तपाइको पढाई, खाने, बस्ने खर्छ बेहोर्नेछ। जसलाई Sponsor भनिन्छ । उदाहरणको लागि आफ्नो बुवा-आमा। जो sponsor हो, उसंग को नाता प्रमाणित पनि गा. बि. स./नगरपालिकाबाट बनाएर त्यस्को फोटोकपि पनि university लाइ पठाउनु पर्छ।

Sponsor ले “फलानो मेरो छोरो/छोरी/वाभाइ हो र म उसको अमेरीका अध्यनको समयमा लाग्ने सम्पूर्ण खर्च बेहोर्नेछु” भनेर लेखेको छुट्टै पत्र पनि university लाइ पठाउनु पर्छ। कति university ले भने Application मै एउटा छुट्टै Form (फारम) राखेको हुन्छन; “Affidavit of Support” भन्ने। चिठ्ठी लेख्नुको साटो यसलाईनै भरेर पठाउदा पनि हुन्छ। याद राख्नुस, यहि नाता प्रमणित र Sponsor letter पछि भिसा interview को लागि एम्बेसीमा जाँदा पनि लिएर जानु पर्ने कागजपत्र मध्यमा पर्दछन्।

University लाई  पठाउनु पर्ने documents ( F1 Visa ) हरु:

Transcripts of your SLC, +2 and and Bachelors Degree (If you are applying for Bachelors Degree).

Note : SLC/+2 को mark sheet लगायतका documents को copies (Scan गरेर email मार्फत पठाउदा होस् या हुलाक बाटै (DHL गरेर) पठाउदा होस्) त्यो copies हरु प्रमाणित (attest) गरेको हुनै पर्छ। ज्ञानेश्वोर काठमाडौँ मा रहेको United States Education Foundation (USEF) मा गएर प्रमाणित गराउन सकिन्छ।

Character Certificates

Proof Of Language Proficiency : For Example, IELTS or TOEFL

GRE/GMAT scores if you are applying for Masters Level.

NOTE : Test (TOEFL/GRE/GMAT) को Mark Sheet तपाइँ आफैले पठाएर हुँदैन (IELTS को चाही हुन्छ) TEST लिने को website (online) बाट request गरेर “मेरो score फलानो university मा पठाई दे” भनेर भन्नु पर्छ। अझ राम्रो त के हुन्छ भने, यी test दिनु अघि नै आफुले admission को लागि apply गर्न लागेको university को नाम थाहा हुने हो भने, test को लागि online मा date लिंदा र Test Fee तिर्दा नाम दिने हो भने, बढीमा चार ओटा सम्म universities लाइ तपाइको test score (Mark Sheet) पठाई दिन अनुरोध गर्न सकिन्छ। त्यतिबेला नगरेर पछि गर्ने हो भने सोहि कुरा को लागि एउटा university लाइ score पठाई दिएको $20 सम्म लाग्छ।

Proof of Financial Support (Bank Statement and showing recent bank transactions (issued within the last 6 months) showing a balance that can support your School Fees)

Sponsorship letter

Relationship certificate that proves your relationship with Sponsor

Copy of your Passport ( Photo page and Signature page )

F2 Visa documents
विवाह दर्ता, जन्म दर्ताको प्रमाणपत्र र Copy of your Passports पनि बुझाउनु पर्ने छ।

यदी माथिका तपाईंका कुनै पनि कागजपत्रहरु अङ्रेजी बाहेकका भाषामा छन भने तपाईंले बबरमहलमा अवस्थित किताबखाना अथवा सो सरहको अधिकारिक संस्था मा गएर अङ्रेजीमा अनुवाद गरेर मात्र पठाउनु पर्ने छ !

University ले सबै Application/documents पाए पछि Admission दिने भयो भने तपाई र तपाइको dependent को लागि I-20 पठाई दिन्छ । I-20 हात परे पछि, पहिला SEVIS Fee ($200) तिर्नु पर्छ। अनि बल्ल हजुरले भिसा interview को application भर्ने अनि interview को लागि appointment (date) लिन सक्नुहुनेछ । SEVIS Fee कसरि तिर्ने भन्ने जानकारी University ले I-20 संगै पठाइदिएको हुन्छ। SEVIS Fee Dependent को लागि भने तिर्नु पर्दैन, यो F1 भिसाको लागि मात्रै हो।

यदि F1 भिसा holder/ विद्यार्थी भिसा मा तपाई अमेरिका मै हुनु हुन्छ, र नेपालमा रहेका आफ्नो श्रीमान/श्रीमती/बच्चा को लाइ F2 भिसामा अमेरिकामा बोलाउन चाहनु हुन्छ भने प्रोसेस झन्डै-झन्डै माथि उल्लेख गरेको झैँ नै हो। तपाई आफु अहिले पढिरहेको university को International Student Office मा गएर कुरा गर्नु भयो भने उनीहरुले तपाइलाई तपाइको dependent को लागि I-20 issue गर्ना के-के चाहिन्छ भनेर जानकारी दिनेछन। प्रायले नेपालबाट संगै गर्नुको साटो, पहिला F1 भिसामा आफु आउने, आनी मात्रै यहाँबाट dependent लागि प्रोसेस गर्ने गर्दछन।

Please email me if you need any help or if you have any questions

– प्रदिप गिरि

[email protected]






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution