हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

सरकार र डा. गोविन्द केसी बीच चारबुँदे सहमतिमा हस्ताक्षर, सोमबार अनसन तोड्ने

९ साउन, काठमाडौं । सरकार र १५ दिनदेखि आमरण अनसनरत डा. गोविन्द केसीबीच चारबुँदे सहमति भएको छ । आइतबार राति अबेर डा. केसीले सहमतिमा हस्ताक्षर गरेका छन् र भोलि सोमबार अनसन तोड्न भएका छन् ।

डा. केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच लगातार भएको छलफलपछि सहमति जुटेको हो । सहमतिको मस्यौदा लिएर डा. केसीका प्रतिनिधि शिक्षण अस्पताल पुगेका थिए ।

केसीले फेरि धोका हुने हो कि भन्दै आशंका व्यक्त गरे । तर, सहमतिको मस्यौदामा थोरै संशोधन गर्दै हस्ताक्षर गरेका छन् । सहमतिमा डा. केसी र स्वास्थ्य सचिवले हस्ताक्षर गरे ।

मनमोहन अस्पताल अब वीरले किन्ने

सरकार र डा. केसीबीचको सहमतिसँगै मनमोहन अस्पतालको विवाद अन्त्य भएको देखिएको छ । चारबुँदे सहमतिमा नेपाल स्वास्थ्य सहकारी संस्था लिमिटेडद्धारा प्रस्तावित स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगतको स्वयम्भूस्थित अस्पताल भवन र दहचोकको बेसिक साइन्स भवन स्व. मनमोहन अधिकारीको नाममा सञ्चालन हुने गरी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले किन्ने उल्लेख छ । यसका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानलाई रकम भने सरकारले उपलब्ध गराउनेछ ।

एमाले नेताहरुले सहकारीमार्फत यो अस्पताल चलाउन लागेका थिए । तर, डा. केसीले निजी क्षेत्रलाई अस्पताल सञ्चालन गर्न दिने सरकारी नीतिको विरोध गर्दै आए ।

पछिल्लो पटक नेपाल स्वास्थ्य सहकारीले आफ्नो भौतिक संरचना खरिद गर्न सरकारलाई भनेको थियो । तर, हालै मात्र एमाले नेताहरुलाई प्रधानमन्त्रीलाई भेटेर यो विवाद छिटो मिलाउन र स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयकलाई अन्तिम रुप दिन आग्रह गरेका थिए ।

लोकमानबारे के छ ?

अनसनमा बस्दा डा. केसीको प्रमुख माग थियो अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनु पर्ने । भ्रष्टाचार गरेको र मेडिकल माफियाको पक्षपोषण हुने गरी काम गरेको उनको आरोप थियो ।

तर, चारबुँदे सहमतिमा यसबारे ठोस छैन । यो विषय संसदको कार्यक्षेत्र भित्र पर्ने देखिएको र संसदमा प्रवेश पाइसकेकाले यो मागबारे केही गर्नु नपर्ने उल्लेख गरिएको छ ।

डा. केसी अनसन बसेपछि संसदमा गगन थापासहित तीन सांसदले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् । जसमा डा. केसीले अख्तियार प्रमुख कार्कीमाथि गम्भिर आरोप लगाएकाले संसदमा छलफल गर्नु पर्ने उल्लेख छ । साथै संसदको सुशासन समितिले समेत लोकमानसहित अख्तियारका पदाधिकारीलाई बोलाएको छ ।

c2






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution