जित बहादुर मोक्तान तामाङले रियो ओलम्पिकमा प्रतिस्पर्धा गर्ने

ओलम्पिकलाई विश्व खेलकुदको महाकुम्भ मानिन्छ । खेलकुदको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता ओलम्पिक नै हो । ओलम्पिक चार–चार वर्षमा आयोजित हुन्छ । आउँदो महिना ओलम्पिकको ३१ औं संस्करण ब्राजिलको रियो डे जेनेरियोमा सञ्चालन हुँदैछ । यसलाई रियो ओलम्पिक पनि भनिन्छ । कसैले छनोट पार गर्न नसकेपनि अगस्ट ५ देखि २१ सम्म हुने रियो ओलम्पिकमा सात नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने अवसर पाएका छन् ।
खेलाडी/खेल स्पर्धा
फुपू ल्हामु खत्री/जुडो – ६३ किलोग्राममुनि
निशा रावल/तेक्वान्दो – ६४ किलोग्राममाथि
जितबहादुर मोक्तान/आर्चरी – इन्डिभिज्युअल रिकर्भ
गौरिका सिंह/पौडी – १ सय मिटर ब्याकस्ट्रोक
शिरीष गुरुङ/पौडी – १ सय मिटर फ्रिस्टाइल
सरस्वती भट्टराई/एथलेटिक्स – १५ सय मिटर
हरिकुमार रिमाल/एथलेटिक्स – ५ हजार मिटर