नेपालको ७५ वटै जिल्लामा १०० फुट अग्लो मुर्ति र बुद्ध शिक्षालय स्थापना गर्ने

बुद्ध, मी एण्ड नेपाल संस्थाले नेपालको ७५ वटै जिल्लामा १०० फुट अग्लो मुर्ति र बुद्ध शिक्षालय स्थापना गर्ने भएको छ ।
राजधानीमा आज पत्रकार सम्मेलन गरि समाजका अध्यक्ष गौतम मान सिंहले उक्त जानकारी गराएका हुन । त्यसका लागी समाजले यहि साउन १४ गते नेपालका ख्याती प्राप्त कलाकारहरुलाई लिएर मेरो बुद्ध, मेरो नेपाल नामक मनोरञ्जन साँझ आयोजना गर्ने भएको छ ।
राजधानीको प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने कार्यक्रमको सम्पुर्ण आम्दानी सिन्धुपाल्चोकमा निर्माण हुने बुद्ध मुर्ति र बुद्ध शिक्षालय निर्माणमा उपयोग हुने छ ।
समाजले पहिले भुकम्प प्रभाबित जिल्ला सिन्धुपाल्चोक बाट बुद्धको मुर्ती र शिक्षालय अभियानको सुरुवात गर्ने जनाएको छ ।