हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

डा.गोबिन्द केसीको समर्थक माथि प्रहरीले लाठी बर्सायो

lathhi
श्रावण ९, २०७३- काठमाडौं विश्वविद्यालयको मेडिकल स्नातकोत्तर (एमडी/एमएस) प्रवेश परीक्षामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हस्तक्षेप भएको र डा. गोविन्द केसीलाई ‘पागल’ भनेको भन्दै अख्तियारको केन्द्रीय कार्यालय घेर्न पुगेका आन्दोलनकारीलाई प्रहरीले लाठी प्रहार गरेको छ ।

आइतबार बिहान डा. केसीको समर्थनमा आयोजित अख्तियार घेराउ कार्यक्रममा सहभागीलाई प्रहरीले धरपकड गरेको हो । आन्दोलनमा आन्दोलनकारी र प्रहरीबीच ठेलमठेल भएको थियो । भाटभटेनीबाट अख्तियारको कार्यालय घेर्न जान लागेका केही आन्दोलनकारीलाई प्रहरीले लाठी प्रहार गरेको छ । लाठी प्रहारबाट करिव आधा दर्जन आन्दोलनकारी घाइते भएका छन् ।

यसैगरी प्रहरीले करिव एकदर्जन आन्दोलनकारीलाई नियन्त्रण गरेर नगर प्रहरी प्रदर्शनीमार्गमा राखिएको छ ।

डा. सागर पोखरेल, बद्री अर्याल, बिषद दाहाल, मिर्जा सिद्दिकी, बिक्रम ओली, पदम जोशी चिकित्सा शिक्षा शास्त्रका विद्यार्थी र पुकार बम लगायतका अन्य प्रहरी नियन्त्रणमा छन् ।

नगर प्रहरीमा रहेका १० डाक्टरहरुले निषेधित क्षेत्र भन्दा पहिले नै किन पक्राउ गरेको हो भनेर भित्रै अनसन सुरु गरेका छन् ।

महानगरीय प्रहरी प्रमुख विक्रमसिंह थापाले बाटोमा सवारी आवागमनमा अवरोध पुर्‍याएपछि नियन्त्रणमा लिइएको बताएका छन् ।

नियन्त्रणमा लिइएको आन्दोलनकारीलाई विनाशर्त तत्काल रिहा गर्न माग गर्दै डा. केसीका समर्थहरुले नारा जुलुस गरिरहेका छन् ।

@ एकान्तिपुर |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution