हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

सरकार छाड्नुको कारणबारे सदनमा प्रचण्डले यसो भने …..

Prachanda-1
काठमाडौं- नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको पेलाहा प्रवृत्तिका कारण बाध्य भएर अविश्वास प्रस्ताव ल्याउनुपरेको बताएका छन्। नौ महिनाअघि दाहालकै प्रस्तावमा प्रधानमन्त्री भएका ओलीविरुद्ध शुक्रबार व्यवस्थापिका संसद्मा अविश्वास प्रस्ताव पेस गर्दै दाहालले उक्त खुलासा गरेका हुन्।

प्रधानमन्त्री ओलीसहित सांसदले भरिभराउ संसद्लाई सम्बोधन गर्दै दाहालल भने, ‘नौ महिनाअघि उहाँ (ओली) लाई प्रधानमन्त्री बनाउँदा एमाले र माओवादीलाई एउटै पार्टी बनाउने सल्लाहसमेत भएको थियो तर उहाँ प्रधानमन्त्री भएपछि एकलौटी रूपमा चल्न थाल्नुभयो। उल्टै माओवादीलाई सिध्याउने प्रयास गरियो। माओवादीलाई कुनै न कुनै बहानामा फसाउने प्रयास भयो।’ दाहालले प्रधानमन्त्री ओलीकै अहंकारका कारण सरकारबाट समर्थन फिर्ता लिएर अविश्वास प्रस्ताव ल्याउनुपरेको जिकिर गरे।

एमालेसँग सत्ता साझेदार गर्नुको मुख्य उद्देश्य शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउनु, संविधान कार्यान्वयन तथा मधेसी, थारु, जनजातिका अधिकार पूरा गर्नु भए पनि प्रधानमन्त्री ओलीले माओवादीले महŒवपूर्ण ठानेका मुद्दा ओझेलमा पार्ने र पेलेर जाने मात्र काम गरेको दाहालले बताए। ‘माओवादीको समर्थनमा बनेकाले सरकारको व्यवहार संयुक्त जस्तो होस् भनेर पटकपटक प्रयास गर्दा पनि सच्चिनुको साटो ‘सके तपाईं नसके म एक्सन’ मा जान्छु जस्तो व्यवहार ओलीबाट भयो,’ दाहालले भने, ‘सत्तामा जानेबित्तिकै ओलीको अहंकार र दम्भ बढ्दै गयो।’

दाहालले सत्तासाझेदारीका क्रममा शीर्ष नेताबीच भएका कतिपय गोप्य कुरा पनि खुलाए । दाहालका अनुसार एमाले अध्यक्षसमेत रहेका ओलीले पटकपटकको छलफलमा आफूलाई संघीयता मन नपरेको बताउने गरेको खुलाए। ‘संघीयता कार्यान्वयन गर्नुको साटो प्रधानमन्त्रीको लगनगाँठो राजतन्त्र चाहिन्छ भन्नेसँग बढी देखियो। गणतन्त्र उहाँ (ओली) लाई मन पर्न छाड्यो,’ दाहालले भने, ‘नौ महिना पुग्दा संघीयता, समावेशी समानुपातिक, धर्मनिरपेक्षता, शान्ति प्रक्रिया सबालमा गम्भीर अन्तर देखिए।’ दाहालले यसो भनिरहँदा ओलीले छेउमा बसेका राप्रपा नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापातिर पुलुक्क हेरेका थिए। दाहालले सरकारबाट बाहिरिनुको परिस्थिति र कारण केलाउँदा प्रधानमन्त्री ओली निकै गम्भीर देखिन्थे।

नौ महिनाअघि एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन असार २८ गते फिर्ता लिएर २९ गते संसद्मा प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका दाहालले राजनीतिमा दलबीचको समीकरण फेरबदल हुनुलाई सामान्य रूपमा बु‰नुपर्ने बताए। ‘राजनीति सम्भावनाको खेल हो। असम्भव भन्ने केही हुँदैन,’ दाहालले विगत सम्झँदै भने, ‘माधव नेपाल मभन्दा पछि प्रधानमन्त्री हुनुभयो, झलनाथलाई प्रधानमन्त्री बनाउन गुरिल्ला शैलीले सहयोग गरें र ओलीलाई प्रधानमन्त्री बनाउन आफैं प्रस्तावक बनें। अहिले आफैंले अविश्वास प्रस्ताव ल्याएँ।’ ओलीविरुद्ध बढी टीकाटिप्पणी गरेका दाहालले एमाले नेताहरू माधव नेपाल, वामदेव गौतम र युवराज ज्ञवालीको भने प्रशंसा गरे। नेपालले माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर १२ बुँदे सम्झौतामा सघाएको स्मरण गर्दै दाहालले गौतम र ज्ञवालीले युद्धकालीन समयमा रोल्पा पुगेर आफूहसँग छलफल गरेको संसद्लाई जानकारी गराए।

नेपालको राजनीति असाधारण प्रक्रियाबाट गुज्रर्दै आएको उल्लेख गर्दै दाहालले सम्बोधनका क्रममा पटकपटक राष्ट्रिय सहमतिका लागि प्रधान्मन्त्रीविरुद्ध अविश्वास प्रस्ताव संसदमा पेस गरिएको बताए। तर उनले कसरी राष्ट्रिय सहमति हुन्छ भन्नेबारे प्रस्ट पारेनन्।

उनले पटकपटक मधेसी, थारु, जनजातिलाई शासक वर्गबाटै पछि पारिएको गुनासो गरे। राष्ट्रिय एकता सुदृढ पार्न अहिलेको राष्ट्रवादको परिभाषा बदल्नुपर्ने उनको भनाइ थियो। नेपालको भूराजनीतिक अवस्थाका कारण राष्ट्रियताबारे पनि साझा धारणा आवश्यक रहेको दाहालको तर्क थियो। दुई छिमेकी मुलुक भारत र चीनप्रति लक्षित गर्दै उनले भने, ‘हामी जुन भूराजनीतिक अवस्थामा छौं, त्यसले गर्दा विशिष्टकृत सन्तुलनमा जानुपर्ने अवस्था छ।’

दाहालले नेपाली राजनीति र नेता अझै परिपक्व हुनुपर्ने बताए। सांसद संख्याको दम्भमा पर्दा पहिलो संविधानसभा माओवादीका लागि उपललब्धिविहीन भएको चर्चा गर्दै दाहालले अब त्यो पालो एमालेमा देखिएको बताए। ‘पहिलो संविधानसभा निर्वाचनमा ठूलो दल भएपछि माओवादीले कांग्रेस, एमालेलाई अवमूल्यन गर्‍यो,’ उनले भने, ‘अहिले त्यो प्रवृत्ति एमाले, कांग्रेसमा देखिन्छ। हिजो हामीले धर्ती छोड्दा देशले केही पाएन। अब त्यस्तो नहोस्।’

विभाजित दलहरूलाई भूकम्पले धर्ती टेक्न सिकाए पनि प्रधानमन्त्री ओली पुनः धर्ती छोडाउने काम गरेको उनको आरोप छ। संसदीय व्यवस्थामा कसैले कसैलाई निषेध गरेर जान सक्ने सम्भावना नरहेको उनले औंल्याए। दलका नेताबीच पटकपटक भद्र सहमति हुने गरे पनि कार्यान्वयन नहुँदा समस्या बल्भि्कने गरेको उनले खुलाए। उनले अब भद्र सहमति भन्ने शब्द प्रयोग नगर्दा नै राम्रो हुने बताए। अबको नौ महिनापछि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने भद्र सहमति माओवादी र कांग्रेसबीच गरिएको छ।

प्रधानमन्त्री हटाउन सक्ने तर नयाँ प्रधानमन्त्री बनाउने व्यवस्था संविधानमा नभएको भन्ने व्याख्यालाई दाहालले ‘दिउँसै रात पार्न’ खोजिएको भन्दै आलोचना गरे। उनले प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै संसदीय व्यवस्था अँगालेपछि खेलको नियममा बस्न पटकपटब सुझाए।

संसद्मा बोल्ने क्रममा पूर्व सभामुख तथा एमाले नेता सुवास नेम्वाङले दाहालको भनाइप्रति असहमति जनाउँदै संसद्मा सरकारविरुद्ध अविश्वास प्रस्ताव पेस हुनुलाई दुर्भाग्यपूर्ण बताए। ‘सदनभित्र र बाहिर राष्ट्रिय एकताको कुरा गर्ने तर अस्ति गठन भएको सरकारविरुद्ध अविश्वास प्रस्ताव एकताकै लागि आएको हो त,’ नेम्बाङले दाहाललाई लक्षित गर्दै प्रश्न तेर्स्याए, ‘एकताका लागि यो कस्तो प्रस्ताव हो?’






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution