डा:गोबिन्द केसीको समर्थनमा इजरायलवासी नेपालीहरुको भेला (भिडियो सहित)

तेलअभिब स्थित लेभिन्सकी पार्कमा बैदेशिक रोजगारीको लागि इजरायलमा कार्यरत नेपाली युबाहरु ,अर्जुन पौडेल,सुबाश खरेल ,भोजराज क्षेत्री,दिपेन पौडेल,राज छत्कुली र राम ढुंगानाको सक्रियतामा नेपालमा १४ दिनदेखि स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै आठौ पटक आमरण अनसन बसिरहनु भएको डा: गोबिन्द केसीको माग तत्काल पुरा गराउन र उहाँको जिबन रक्षा गर्न नेपाल सरकारलाई आफ्नो ठाउबाट सकेको दबाब दिने उद्देश्यले एक भेला आयोजना भयो |
‘हामि डाक्टर गोबिन्द केसीको’ साथमा छौ र स्वास्थ्य क्षेत्रमा माफियातन्त्र अन्त्य गर भन्ने मूल नारा सहितको कार्यक्रममा ,करिब चालिस -पचास जना जतिको सहभगिता रहेको थियो | राम ढुंगाना ‘अल्पमतले ‘संचालन गर्नु भएको उक्त कार्यक्रममा एनआरएन इजरायलका अध्यक्ष दिपक ओलीले डाक्टर :केसीको जायज माग अबिलम्ब पुरा गर्नु पर्ने धारणा राख्नु भयो ,त्यस्तै अर्का बक्ता राज छत्कुलीले दुर्गमका नेपालीहरु साधारण रोगको समेत उपचार नपाई अकालमा मर्नुपर्ने अबस्था आउँन नदिन डाक्टर केसीका सम्पुर्णा माग नेपाल सरकारले तत्काल पुरा गर्नुपर्ने बताउनुभएको थियो |
@ पानाखबर |