हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

नयाँ शक्ति नेपालको प्रवास प्रादेशिक समिति गठन

०

काठमाडौं– नयाँ शक्तिले नवराज सुवेदीको संयोजकत्वमा शंकर भण्डारी सहसंयोजक रहेको प्रवास प्रादेशिक समिति घोषणा गरेको छ । आज प्रवास प्रादेशिक समितिको कार्यलयमा पत्रकार सम्मेलन गरेर सो पार्टीले यस्तो जानकारी दिएको हो ।

मानब बेचबिखन र हुण्डी कारोबारलाई रोक्नको लागि नयाँ शाक्ति पार्टी नेपाल प्रबास प्रादेशिक परिषदले अभियान संचालन गर्ने भएको छ । मानब तस्करी तथा अबैधानिक रुपमा हुण्डी मार्फत कारोबार गरी श्रमिक ठग्ने र मुलुकको राजस्वमा समेत असर हुने क्रियाकलाप बढिरहेको भन्दै यसका बिरुद्ध प्रवास प्रादेशिक परिषदले अभियान संचालन गर्ने जानाकारी दिएको छ ।

प्रबास प्रादेशिक परिषद घोषणा सभा तथा कार्यलय उद्घाटन कार्यक्रममा संयोजक नबराज सुबेदीले मानब बेचबिखन तथा हुण्डीकारोबार बिरुद्ध अभियान संचालन गर्ने जानाकारी दिए ।

सोही कार्यक्रममा बोल्दै नयाँ शक्ति पार्टी नेपालको सह संयोजक दुर्गा सोबले नाजायज फाइदा उठाएर मानव तस्करी भइरहेको र नेपालमा एउटा ठुलो विकृतिका रुपमा रहेको तस्करको गिरोहलाई निरुत्साहित गर्न प्रबास प्रादेशिक परिषदले संचालन गर्न लागेको अभियान लाई सफल बनाउन यस सम्बन्धि काम गर्दै आईरहेका संघसंस्था र सरकारसंग समन्वय गरेर काम गर्दा प्रभाबकारी हुने बताए ।

यस्तै नयाँ शक्ति नेपाल अन्तराष्ट्रिय बिभागका संयोजक हिसिला यमीले नयाँ शक्तिले लिएको आर्थिक नितिलाई पछ्याउँदै स्वदेशमा लगानि भित्र्याउने वाताबरण सृजना गर्न प्रवास प्रादेशिक परिषद्को महत्वपुर्ण भुमिका रहने जनाए । उनले नेपाली महिलालाई ललाई फकाई बैदेशिक रोजगारीको प्रलोभन पारेर बेचबिखन गर्ने गरेकाले त्यसलाई नियन्त्रण गर्न पनि यस परिषद्ले महत्वपुर्ण भुमिका खेल्ने औल्याए ।

प्रवास प्रादेशिक परिषदको ललितपुरमा रहेको कार्यलयमा एक कार्यक्रमको आयोजना गरि संयोजक सुबेदीले १०१ सदस्यीय प्रवास प्रादेशिक परिषद् गठन भएको घोषणा समेत गरे ।

उक्त परिषदमा सहसंयोजक शंकर भण्डारी लगाएत २३ देशका सदस्यहरु रहेको उनले जानाकारी दिए । यो परिषदमा तीन सहसंयोजक हुने ब्यबस्था गरिएको छ । बिदेशमा बस्ने नेपालीहरुको प्रतिनिधित्व गर्दै अमेरिकाका प्रतिनिधि ज्ञानेन्द्र खड्काले बिदेशमा रहेका नेपालीहरुलाई ईलेक्ट्रोनिक प्रबिधिबाट भोट हाल्न पाउने ब्यबस्था गर्नुपर्नेमा जोड दिए ।

प्रबास प्रादेशिक परिषदले प्रवासको बिस्तारित वैठक एंव राष्ट्रिय भेलाको भाव संप्रेषण कार्यक्रम आगामी अगष्ट २८ र २९ मा भारतमा गर्ने निर्णय गरेको जनाएको छ ।

आउँदो सेप्टेम्बर १६ तारिखमा कोरिया र १८ तारिखका दिन जापानमा नयाँ शक्ति पार्टीका केन्द्रीय संयोजक एंव पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईको प्रमुख अतिथ्यता र प्रवास प्रादेशिक समितिका संयोजक नवराज सुबेदीको उपस्थितिमा राष्ट्रिय भेलाको भाब संप्रेषण कार्यक्रमलाई भव्यतापुर्वक सम्पन्न गर्ने निर्णय पनि गरेको छ ।

नयाँ शक्ति नेपाल ,प्रवास प्रादेशिक समितिको नामावली

१ नवराज सुवेदी नेपाल संयोजक
२ शंकर भण्डारी नेपाल सह–संयोजक
३ शेर ब.शाहि नेपाल सदस्य
४ इन्द्र राज भट्टराई नेपाल सदस्य
५ जे.बी. खाति नेपाल सदस्य
६ मानुषीयमि भट्टराई नेपाल सदस्य
७ ज्ञानेन्द्र खड्का नेपाल सदस्य
८ बी बी लामा तामाङ इजरायल  सदस्य
९ समिम अनवर ओसियाना सदस्य
१० भोला खनाल बेलायत सदस्य
११ सुनिल शाह बेलायत सदस्य
१२ कमान सिहं कर्मा पहाडि शेर्पा बेलायत सदस्य
१३ पदम ठगुन्ना जापान सदस्य
१४ उत्तम अधिकारी यु.ए.ई सदस्य
१५ रोशन खराल कतार सदस्य
१६ कुमार वि क मध्यपुर्व सदस्य
१७ डुक्पा तामाङ्ग बहराइन सदस्य
१८ रमेश लामगाडे साउदि सदस्य
१९ गोपाल सुबेदी कुबेत सदस्य
२० बिनोद पौडेल अष्ट्रेलिया सदस्य
२१ ह्ेमन्त पुन कोरिया सदस्य
२२ पबन लामिछाने जर्मन सदस्य
२३ मोहन राउत भारत सदस्य
२४ कृष्ण गैरे भारत सदस्य
२५ प्रेम न्यौपाने भारत सदस्य
२६ नरेश खनाल भारत सदस्य
२७ सुरत विश्वकर्मा भारत सदस्य
२८ दिपक वि क भारत सदस्य
२९ रमिला राई साईप्रस सदस्य
३० भानुभक्त देवकोटा मलेशिया सदस्य
३१ बिमल वाग्ले फीनल्याण्ड सदस्य
३२ जित यात्रि गुरुङ्ग नर्वे सदस्य
३३ किसोर पन्थी अमेरिका सदस्य
३४ रमेश आचार्य अमेरिका सदस्य
३५ उज्वल वास्ताकोटि न्युजिल्याण्ड सदस्य
३६ इश्वर पाण्डे डेनमार्क सदस्य
३७ कमल भट्ट स्विजरल्याण्ड सदस्य
३८ सुदिप अधिकारि ईटलि सदस्य
३९ रण लामा नेदरल्याण्ड सदस्य
४० कृष्ण थापा मगर पोर्चुगल सदस्य
४१ हिरण्य प्र.ओझा हिमाल नेदरल्याण्ड सदस्य
४२ फारुप रुम्बा तामाङ्ग कतार सदस्य
४३ प्रमेश तमु बहराइन सदस्य
४४ हुम सुनारि मगर साउदि अरब सदस्य
४५ नवराज वस्याल भारत सदस्य
४६ यक देव धिताल मलेशिया सदस्य
४७ जगन कार्कि बेलायत सदस्य
४८ राजु ढुङ्गाना मलेशिया सदस्य
४९ निर्दाेश नेपालि साउदि सदस्य
५० भरत नेगि जापान सदस्य
५१ सरिता ढकाल जापान सदस्य
५२ सरोज मास्के बेलायत सदस्य
५३ राज आचार्य केरिया सदस्य
५४ मुकुन्द गौतम केरिया सदस्य
५५ नर ब.पुन मलेशिया सदस्य
५६ राजु श्री क्mोरिया सदस्य
५७ सरोज ढकाल क्mोरिया सदस्य
५८ जय राम घले इजरायल सदस्य
५९ तारा ढकाल इजरायल सदस्य
६० सुवान चौलागाँई अष्ट्रेलिया सदस्य
६१ सकुन्तला गुरुङ्ग बेलायत सदस्य
६२ भुवन रोका जापान सदस्य
६३ सुरेन्द्र बजँगाई केरिया सदस्य
६४ पिर मोह्मद क्mतार सदस्य
६५ जिवन शंकर केरिया सदस्य
६६ पिटर श्रेष्ठ केरिया सदस्य
६७ नर सुनार मलेशिया सदस्य
६८ चण्डीका ओमगाँई जापान सदस्य
६९ प्रकाश नेपाली भारत सदस्य
७० लाल भट्ट क्mतार सदस्य
७१ सुरेश ढकाल यु.ए.ई सदस्य
७२ सम्सुल मुन्ना यु.ए.ई सदस्य
७३ चन्द्र अधिकारि मलेशिया सदस्य
७४ दुर्गा सुनार क्mतार सदस्य
७५ सरस्वती तामाङ्ग इजरायल सदस्य
७६ सुवर्ण थापा मगर मलेशिया सदस्य
७७ रेनु ढकाल यु ए इ सदस्य
७८ धुर्व क्षेत्रि क्mतार सदस्य
७९ हिमाल राज विश्वकर्मा क्mतार सदस्य
८० राम सन्जेल क्mतार सदस्य
८१ होम उप्रेति क्mतार सदस्य
८२ निमा लामा क्mतार सदस्य
८३ विकाश श्रेष्ठ अष्ट्रेलिया सदस्य
८४ अनिल पाण्डे अष्ट्रेलिया सदस्य
८५ सरोज खड्का यु ए इ सदस्य
८६ राजन श्रेष्ठ यु ए इ सदस्य
८७ शंकर सुनार यु ए इ सदस्य
८८ शितल उप्रेति कतार सदस्य
८९ तिर्थ कार्की अष्टे«लिया सदस्य
९० अरुण कुमार ठाकुर अष्टे«लिया सदस्य
९१ मन कुमारि मगर इजरायल सदस्य

naya-shakti-prabas-2

1

2

3






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution