हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

बोक्सीको आरोपमा आफ्नै मलमुत्र खुवाउने पाँचजनालाई प्रहरीले पक्राउ

Mahila-Himsa७ साउन, सल्यान । धर्मका नाममा हुने अत्याचार र अन्धविश्वासको चरम नमूना मध्यपश्चिमको सल्यानमा सार्वजनिक भएको छ । यहाँ बिरामी निको हुन्छ भन्दै धर्म परिवर्तन गर्न लगाएर बोक्सीको आरोपमा आफ्नै मलमुत्र खुवाउने पाँचजनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।

गत जेठ २३ गते सल्यान कुपिण्डे गाविसकी २१ बर्षीया बिरामी दलित युवतीलाई बोक्सीको अरोप लगाएर मानव मलमुत्र खुवाइएको छ ।

आफुलाई क्रिष्चियन धर्मावलम्वी बताउने ५ जनाको समूहले क्रिष्चियन धर्म अपनाए रोग निको हुन्छ भन्दै घरबाट जंगलमा लगेर सिस्नुपानी लगाएर मलमुत्र खुवाएको प्रहरीको भनाई छ । उजुरीका आधारमा ५ जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

पक्राउ पर्नेमा सोहि गाविस निवासी २९ बर्षीय रुपलाल परियार, ३५ बर्षीया गंगा परियार, २१ बर्षीया रुपा थापा, ३३ बर्षीया पातली भन्ने पिम्कली बुढाथोकी र वडा न. ५ बस्ने ४५ बर्षीया लली पुन रहेको सल्यानका प्रहरी प्रमुख डिएसपी श्यामबहादुर खत्रीले जानकारी दिए ।

‘वि|mस्च्यीयन धर्ममा लागेमा रोग निको हुन्छ भन्दै जेठ २२ गते समुएल मण्डलीमा लगेछन्, डिएसपी खत्रीले भनेे ‘२३ गते राति काफलनेटी जंगलमा लगेर तिमी बोक्सी हौ, तिम्रो बोक्सीभूत हामी ठीक पार्छौ भन्दै मुख, जिब्रो र शरिरका विभिन्न भागमा सिस्नो पानी लगाएर दिसा गर्न लगाई खुवाएछन् ।’

शारिरिक यातना र दिशा खुवाएपछि पिडित परियारको मानसिक सन्तुलन विगि्रएको बुवा शित्तल परियारले जानकारी दिए ।

@ अनलाइनखबर |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution