हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

अविश्वासको प्रस्तावलाई नै अघि बढाइने

Sansad-Bhawan-of-Nepal
काठमाडौँ, साउन ७ गते । प्रमुख तीन राजनीतिक शक्तिले व्यवस्थपिका–संसद्को आजको बैठकमा सरकारका विरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावलाई अघि बढाउने निर्णय गरेका छन् ।

नेपाली काँग्रेस, नेकपा (माओवादी) केन्द्र र मधेस केन्द्रित दलका शीर्ष नेताहरुको आज बसेको संयुक्त बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वासको प्रस्तावलाई एकजुट भएर पारित गर्ने सर्वसम्मतले निर्णय गरेको हो ।

यसबाहेक बैठकमा नयाँ सरकारको निर्वाचनमा पनि मधेस केन्द्रित दलले सघाउने र त्यसबीचमा मधेस मुद्दा समाधान गर्न समझदारी गर्ने निर्णय भएको बैठकमा सहभागी काँग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “नयाँ सत्ता गठबन्धनका लागि काँग्रेस र माओवादी केन्द्रबीच भएको सातबुँदे सहमतिको एक नम्बर बुँदामा संविधानप्रति असन्तुष्ट मधेस केन्द्रितलगायत अन्य दलसँग वार्ता गरी समस्या समाधान गर्ने उल्लेख छ ।”

बिहीबार प्रमुख तीन दलका शीर्ष नेताबीच भएको छलफलमा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले राख्नुभएको सहमतिको प्याकेजका सम्बन्धमा प्रधानमन्त्री ओली सहमत नदेखिएको भन्दै बैठक अविश्वासको प्रस्ताव अघि बढाउनेमा निर्णयमा पुगेको हो ।

बैठकमा तीनै पक्षबीच अविश्वासको प्रस्ताव अघि बढाउने सम्बन्धमा सहमति भएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । अविश्वासको प्रस्ताव पारित भएपछि बन्ने नयाँ सरकारका बारेमा समेत शीर्ष नेताबीच छलफल भएको उहाँले बताउनुभयो ।

बैठकमा काँग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता पौडेल, नेताहरु बिमलेन्द्र निधि र चीनकाजी श्रेष्ठ तथा माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, रामबहादुर थापा हुनुहुन्थ्यो । यस्तै मधेशकेन्द्रित दलका नेताहरु उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई, हृदयेश त्रिपाठी, राजकिशोर यादवलगायत सहभागी हुनुहुन्थ्यो । रासस






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution