हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

प्रचण्डलाई प्रधानमन्त्री हुना नदिन ओली, पौडेल र उपेन्द्र यादवको नयाँ गठबन्धन

oli g
काठमाडौं, ६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बन्न नदिने रणनीतिका साथ आफ्ना पक्षमा पासा पल्टाउने गरि काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई अघि सारेको संकेत राजनीतिमा देखिएको छ ।

आफू छाड्ने अवस्थामा कुनै पनि हालतमा प्रचण्डलाई प्रधानमन्त्री बन्न नदिने ढंगले प्रधानमन्त्री ओली यतिवेला लागिपरेको स्रोतको दाबी छ । पछिल्लो समय प्रचण्डलाई प्रधानमन्त्री बन्न रोक्ने खेलमा काँग्रेसभित्रै नेताहरुलाई आफ्नो पक्षमा पार्नेगरि ओलीले होमवर्क गरेका थिए । उनले तयार पारेको नयाँ टिममा देखा परेका छन्, काँग्रेस नेता पौडेल र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव ।

नेता पौडेलले अघि सारेको नयाँ विकल्प आफ्नो पार्टीको कुनै आधिकारिक प्रस्ताव नभएको सभापति देउवा खेमाको आरोप छ । देउवाका विश्वासपात्र विमलेन्द्र निधिले पत्रकार ऋषि धमलासँग भने,‘रामचन्द्र पौडेलजीको प्रस्ताव काँग्रेसको प्रस्ताव होईन, यो प्रस्ताव कहाँबाट आयो, हामी आश्चर्यमा छौं ।’

सत्तारुढ दलले भने नेता पौडेलेको प्रस्तावलाई प्रचण्डलाई प्रधानमन्त्री बन्नबाट रोक्ने अन्तिम अस्त्रको रुपमा प्रयोग गरिरहेको स्रोतको दाबी छ । पछिल्लो समय नेता पौडेल र प्रधानमन्त्री ओलीवीच प्रचण्डलाई प्रधानमन्त्री बन्नबाट रोक्नेवारे टेलिफोनमा विशेष कुराकानी गरेका थिए । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले पौडेललाई भनेका थिए,‘तपाई प्रधानमन्त्रीका लागि तयार हुनुहोस्, नेकपा एमाले तपाईको पक्षमा छ ।’
उता आन्दोलनरत संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले पनि पत्रकार धमलासँगको कुराकानीमा भने,‘ओलीपछि प्रचण्ड प्रधानमन्त्री बन्न गाह«ो छ, त्यसपछि मुलुक नयाँ कोर्समा जान सक्छ, यसै भन्न सकिँदैन् ।’ अध्यक्ष यादवको भनाईलाई आधार मान्ने हो भने रामचन्द्र पौडेलको प्रस्ताव यही उद्देश्यले अघि आएको भन्दा फरक नपर्ला ।

उनले अघि सारेको प्याकेज प्रस्तावमा गोलमटोल भाषा प्रयोग गरिएको छ । हुन त यो वीचमा प्रधानमन्त्रीले काँग्रेसका असन्तुष्ट नेताहरुलाई आफ्नो पक्षमा सहयोग गर्न आग्रह गरेको कुरा काँग्रेस पदाधिकारी बैठकमै उठेको थियो ।

बिहीबार अपरान्हको शीर्ष बैठकमा पौडेलले मध्यमार्गी प्रस्तावका रुपमा विधेयक पारित गर्ने, अविश्वास प्रस्ताव फिर्ता लिने र प्रधानमन्त्रीले राजिनामा दिने कुरा प्याकेजमै लैजान सकिने धारणा राखेपछि राजनीतिक वृत्तमा तरंग पैदा भएको छ । उनले संविधान कार्यान्वयनका लागि भन्दै घुमाउरो भाषामा सहमतिकै सरकार गठनमा जोड दिएका छन् ।

एमालेले पौडेलको पछिल्लो प्रस्तावलाई सकारात्मक मात्र भनेको छैन, सहमतीय सरकार गठनको आधारसमेत बन्न सक्ने संकेत गरेको छ । एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ्ले शीर्ष नेताको बैठकपछि भने,‘उहाँको प्रस्तावलाई सकारात्मक रुपमा लिएरै हामीले छलफलको आधार बनाएका हौं, अरु विषयमा हामी गएका छैनौं, हुन सक्छ उहाँको प्रस्तावले निकास दिने हो कि ।’

एमालेले अन्तिम पटक प्रचण्ड देउवा गठबन्धन भत्काउन सहमतीय सरकारको प्याकेज प्रस्ताव अघि सार्ने सम्भावना छ । नत्र अविश्वास प्रस्ताव पारित भएपछि नयाँ सरकार गठन गर्न संविधान संशोधन गर्नुपर्छ भन्नेछ ।

काँग्रेस नेता पौडेलसँग कुरा गर्न प्रधानमन्त्री ओलले आफ्ना दुतका रुपमा एमाले सचिव प्रदिप ज्ञावालीलाई पौडेल निवास पठाएका छन् । सम्भवतः उनीहरुवीच कसरी जाने भन्ने बारेमा छलफल हुने । @ रिपोर्टस् नेपाल |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution